मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

रामदेवका अनुयायीद्वारा ड्यालसमा योग प्रवचत हुँँदै

रामदेवका अनुयायीद्वारा ड्यालसमा योग प्रवचत हुँँदै


ड्यालस (टेक्सस) – योगका गुरु मानिएका रामदेवका अनुयायीद्वारा आउँदो आइतबार ड्यालसमा प्रवचन कार्यक्रम हुने भएको छ । 
 
इन्द्रेणी सांस्कृतिक संघको आयोजनामा कार्यक्रम हुन लागेको हो । रामदेवका चेला तथा वरिष्ठ प्राकृतिक चिकित्सा विशेषज्ञ गङ्गाप्रसाद ढकालको उपस्थितीमा आइतबार दिउँसो २ देखि ५ बजेसम्म प्रवचन सहितको शिविर सञ्चालन हुने भएको छ । 
 
समाजसेवी यमुना भट्टराईका अनुसार पशुपति इन्कको कार्यालयमा हुने कार्यक्रम एक्युप्रेसर थेरापी, नाठी विज्ञान, आयुर्वेद उपचार, योगा प्रशिक्षणका बारेमा योगगुरु ढकालले जानकारी दिनुहुने कार्यक्रम छ ।  कार्यक्रममा उपस्थित भएर योगका बारेमा जानकारी लिनुहुनु संघले सबै नेपाली समुदायसँग आग्रह गरेको छ ।

शेयर गर्नुहोस:

0
Shares