मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकामा काम पाउन झन् सजिलो

अमेरिकामा काम पाउन झन् सजिलो


हिमालयखवसर संवाददाता
अमेरिका – अमेरिकामा काम गर्न चाहने हो भने छिट्टै पाइने अवस्था आएको छ । काम गर्ने होइन काम दिनेलाई तपाईँको आवश्यकता वढीरहेको छ । कोलोराडो लगायत कयौँ राज्यमा काम गर्ने व्यक्ति पाउन पनि कठिन हुदैं गएको रोजगारदाताले गुनासो गर्न थालेका छन् । 
 
शुक्रवार सार्वजनिक भएको अमेरिकाको बेरोजगार सम्बन्धी तथ्यांकले पनि यही देखाउंछ । अमेरिकाको लेबर डिर्पाटमेण्टले शुक्रवार सार्वजनिक गरेको तथ्याङ्क अनुसार जुन महिनामा अमेरिकामा २ लाख २२ हजार नयाँ रोजगारका अवसर थपिएका छन् । यसले यहाँको बेरोजगार दर घटेर ४ दशमलव ४ प्रतिशतमा झरेको छ । यो १७ वर्ष यताकै कम बेरोजगार दर हो । सन् २००९ मा अमेरिकामा आर्थिक मन्दी आउँदा बेरोजगार दर १० प्रतिशतमा पुगेको थियो । 
 
अहिलेको रोजगारी वृद्धि अर्थशास्त्रीले अनुमान गरेभन्दा पनि राम्रो हो । यसलाई अमेरिकी अर्थतन्त्रको सुखद सङ्केतका रूपमा लिइएको छ । बढी भन्दा बढी व्यक्तिहरू काममा आई कमाउन थालेका छन् । अमेरिकामा ८१ महिना यता लगातार रोजगारका अवसर वृद्धि भइरहेको छ । 
 
जुन महिनामा रोजगारका अवसर वृद्धि हुनुमा विशेष गरी स्वास्थ्य सेवा, खनिज, व्यावसायिक सेवा र रेष्टुरेण्टमा नयाँ अवसर थपिएकोले गर्दा हो । तथ्याङ्क अनुसार पारिश्रमिकमा एक वर्ष अघिको तुलनामा पनि साढे २ प्रतिशतले बढेको छ । तर, यो अमेरिकाको केन्द्रीय बैंकले राखेको लक्ष्य भन्दा कमनै छ । 
 
रोजगारका अवसर वृद्धि भए पनि अझै पूर्ण समय काम गर्न चाहनेको सङ्ख्या भने धेरै छ । सन् २००९ को मन्दीपछि पार्ट टाइम काम गर्ने गराउने वृद्धि भएको छ । अहिलेसम्म पनि यो मुख्य समस्या हो ।