मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

मेरिल्याण्डको बाल्टिमोरमा एएनए सम्मेलन भब्य रुपमा सम्पन्न

मेरिल्याण्डको बाल्टिमोरमा एएनए सम्मेलन भब्य रुपमा सम्पन्न


सन १९८३ मा  स्थापना भएको नेपालीहरूको उत्तरी अमेरिकामा रहेको सबैभन्दा जेठो संस्था असोसिएसन ओफ़ नेप्लिज इन अमेरिका (एएनए) ले आफ्नो वार्षिक सम्मेलन मेरिल्याण्ड को बाल्टिमोर मा भव्य रूपमा सम्पन्न गरेको छ। 
 
संस्था का इन्टेरिम अध्यक्ष मेदिनी अधिकारी को सभापतित्वमा मा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि संस्थापक अध्यक्ष डा. हरि शर्मा हुनुहुन्थ्यो भने विशेष अतिथिमा डा. विष्णु पौडेल तथा महाबाणिज्यदूत प्रेमराजा महत हुनुहुन्थ्यो। कार्यक्रम को सञ्चालन संस्था का बरिष्ट उपाध्यक्ष खगेन्द्र अधिकारीले गर्नु भएको थियो।
 
कार्यक्रम मा ए.एन.ए. लाइफ मेम्बर, शुभचिन्तक तथा स्थानीय २० भन्दा बढी संघ संस्थाका गरी २०० भन्दा बढी सहभागिता रहेको थियो। सम्पूर्ण संस्था का प्रतिनिधिहरूले ए.एन.ए. को सम्मेलन को सफलता को शुभकामना व्यक्त गर्नु का साथै नव निर्वाचित कमिटीलाई शुभकामना व्यक्त गर्नुभयो।
 
विशेष गरेर कार्यक्रममा एएनए आगामी कार्य दिशा को बाटो तथा युवा शक्तिहरूलाई कसरी समेटेर अगाडी लाग्न सकिन्छ भन्ने विषय मा व्यापक छलफल भएको थियो। साथै एएनए अमेरिका मै सबैभन्दा पुरानो नेपालीहरूको राष्ट्रिय संस्था भएको हुँदा अभिभाबकीय भूमिका निर्वाह गर्दै संस्थागत फुट हैन जुट तर्फ ए.एन.ए. ले पहल गर्न नेतृत्व गर्ने विषयमा धेरैले आफ्नो धारणा राख्नुभयो। 
 
कार्यक्रममा निर्वाचन समिति ले सन् २०१७ देखि २०२० नयाँ कार्यसमितिको निर्वाचन को परिणाम अनुसार सबै विजयी पदाधिकारीहरुलाई प्रमाण पत्र तथा पद एवम् गोपनियता को सफत गराएको थियो भने कार्यकारीणी समितिले सफलता पूर्वक निर्वाचन सम्पन्न गरेको मा निर्वाचन कमिटी का चेयर डा. महेन्द्र कार्की, को चेयर डा. कृष्ण निरौला तथा अफिसर विजयराज भट्टराई लाई सम्मान प्रदान गरेको थियो। 
 
नव निर्वाचित टिम यस प्रकार रहेको छ:
अध्यक्ष: मेदिनी अधिकारी, मेरिल्याण्ड 
ब. उपाध्यक्ष: खगेन्द्र अधिकारी, भर्जिनिया 
उपाध्यक्ष: डा. तुल्सी धरेल, (क्यानडा)
उपाध्यक्ष: राजेन्द्र खतिवडा, शिकागो (सेन्ट्रल रिजन अमेरिका )
उपाध्यक्ष: मुकुन्द ढुंगाना, लसएञ्जलस (वेस्टर्न रिजन अमेरिका )
कम्युनिकेसन डिरेक्टर: दुर्गा दाहाल, सन् फ्रान्सिस्को  
युथ कोअर्डिनेटर: श्याम सेढाई, एटलाण्टा