मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

टेक्ससको ड्यालसमा शनिवार विशेष ईमिग्रेशन फोरम हुने

टेक्ससको ड्यालसमा शनिवार विशेष ईमिग्रेशन फोरम हुने


ड्यालस (टेक्सस)-  टेक्सासको ड्यालसमा अमेरिकन ईमिग्रेशन कानुन सम्बन्धी विशेष जानकारी मुलक कार्यक्रम हुने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल सुरु भए पछि ईमिग्रेशन कानुनका बारेमा भएका परिवर्तनका साथै अमेरिकन ईमिग्रेशन कानुनका विविध पक्षका बारेमा जानकारी दिने उद्धेश्यले कार्यक्रमको आयोजना हुन लागेको आयोजकहरुले जनाएका छन् । जुन ३० देखि जुलाई २ सम्म ड्यालसमा हुन लागेको नेप्लीज अमेरिकन कन्भेसनको दोश्रो दिन अर्थात् शनिवार साँझ ६ बजे फोर पोइन्ट्स बाइ शेराटन डिएफ डब्लु नर्थमा कार्यक्रम हुन लागेको कार्यक्रम संयोजक कमल सत्यालले बताउनुभयो । 
 
ईमिग्रेशन सम्बन्धी विविध पक्षको बारेमा प्रत्यक्ष रूपमा सहभागिता जनाएर अधिवक्ताबाटै जानकारी समेत लिन सकिने यस कार्यक्रममा अधिवक्ता गोपाल शाह क्यालिफोर्नियाबाट टेक्ससमा आउँदै हुनुहुन्छ । अमेरिकन कानुन सम्बन्धी लामो समय टेलिभिजन कार्यक्रम सञ्चालन गरेका पत्रकार सूर्य थापाले मोडरेट गर्ने यस कार्यक्रममा अधिवक्ता शाहबाट सहभागिहरुले धेरै जानकारी अपेक्षा गरेको आयोजकहरुले राखेका छन् । 
 
यस विशेष छलफल कार्यक्रममा आफूले विभिन्न पछिल्लो अपडेका साथै सहभागिहरुको जिज्ञासा समाधान गर्ने योजना राखेकोले कार्यक्रम फलदायी हुने अपेक्षा राखेको अधिवक्ता शाहले बताउनुभयो । शाहले पछिल्लो समय एसाईलमका बारेमा अमेरिकाको पुनरावेदन अदालतले गरेको फैसला र यसको प्रभावको बारेमा पनि जानकारी दिने योजना राखेको बताउनुभयो । अधिवक्ता शाह अमेरिकाको नेपाली समुदायमा परिचित अधिवक्ता हुनुहुन्छ । यस कार्यक्रमको हिमालयखबर, हिमालय टेलिभिजन, ह्वाईट हिमाल, ईनेप्लीज, खसोखास, नेपालय लगायतका मिडियाहरुले प्रत्यक्ष प्रसारण समेत गर्ने पत्रकार थापाले जानकारी दिनुभयो ।