मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

बेलायतका विद्यालयमा चक्कु निषेध

बेलायतका विद्यालयमा चक्कु निषेध


लण्डन । बेलायतका प्रत्येक विद्यालयमा विशेष सुरक्षा मापदण्ड लागू गरिने भएको छ । यसका लागि पहिलो चरणमा विद्यालय छिर्नुअघि उनीहरुले चक्कु बोके नबोकेको पत्ता लगाउने उपकरण जडान गरिने भएको छ । 
 
विद्यालय छिर्ने द्वारमा विद्यार्थीले हतियार वा चक्कु बोके नबोेकेको बारेमा पत्ता लगाउनका लागि यस्तो उपकरण (मेटल डिटेक्टर) जडान गर्न लागिएको लण्डनको महानगर कार्यालयले जनाएको छ । 
 
लण्डनका मेयर सादिक खानले सो जानकारी बुधबार दिएका छन् । उनले विद्यार्थीले चक्कु बोकेको पत्ता लगाउनका लागि यस्तो संयन्त्र जडान गर्न लागिएको र यसबाट चक्कु बोक्ने युवायुवतीहरुको लत हटाउन सहज हुने धारणा राखे ।
 
पछिल्लो समयमा बेलायतमा चक्कु आतङ्क मच्चिने गरेको छ । यस वर्षमात्र बेलायतमा २४ जनाको चक्कु प्रहारबाटै ज्यान गएको छ । 
 
हालैमात्र गरिएको एक अनुसन्धानबाट ती हत्यामा संलग्न भएकामध्ये सबैजसो २५ बर्षमुनिका युवा रहेका थिए । युवाहरुमा पछिल्ला केही महिनायता चक्कु बोक्ने लत बढ्दै गएकोले त्यो छुटाउन सहयोग पुगोस् भनेर विद्यालयमा यस्तो उपकरण जडान गर्न लागिएको मेयर सादिकले जानकारी दिएका छन् । 
 
यस हप्तामात्र पनि लन्डन महानगरपालिकाका विभिन्न तीन नगरमा चक्कु प्रहार गरी हत्या भएका तीन छुट्टाछुट्टै घटनाको सामना गरिएको प्रहरीले जनाएको थियो ।
 
गएको हप्ता लण्डनको प्रहरीले चक्कु जफत गर्ने अभियान चलाएको थियो । उक्त प्रहरीले दिएको पछिल्लो जानकारी अनुसार एक हप्तामा मात्र लण्डनका विभिन्न स्थानमा युवाहरुको साथबाट ५१८ वटा चक्कु फेला पारेको थियो । 
 
यो कार्बाहीपछि लण्डनको प्रहरी युवालाई चक्कु बोक्ने लत छुटाउन यस्तो नीति बनाउन आवश्यक रहेकोले विद्यालयमा छिर्ने द्वारमा नै उक्त उपकरण राख्ने निर्णयमा पुगेको बताइएको हो । 
 
बेलायतमा पछिल्ला केही समय यता आतङ्ककारी हमला र चक्कु प्रहार गरी हत्या गर्नेजस्ता हिंसात्मक घटनामा बृद्धि भएको छ । जसले गर्दा यहाँको प्रहरीले विभिन्न सुरक्षा मापदण्डहरु लागू गरिरहेको छ । 
 
त्यसैगरी मेयर सादिकले चक्कुले तिम्रो जिवनको रक्षा गर्ने नभई नष्ट गर्ने हो भन्ने सन्देशमूलक अभियानहरु सञ्चालन गर्न महानगरका हरेक समुलाय र नगरीहरुलाई विशेष आग्रह पनि गरेका छन् । रासस / सिन्ह्वा