मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

एएनए निर्वाचन सम्पन्न

एएनए निर्वाचन सम्पन्न


हिमालयखबर सम्बाददाता 
अमेरिका- सन १९८३ मा  स्थापना भएको नेपालीहरूको उत्तरी अमेरिकामा रहेको सबैभन्दा जेठो संस्था असोसिएसन ओफ़ नेप्लिज इन अमेरिका (ए.एन.ए.) को सन् २०१७ देखि २०२० नयाँ कार्यसमितिको निर्वाचन सम्पन्न भएको छ। 
 
ए.एन.ए. विधान अनुसार यस संस्था का लाइफ मेम्बरहरु मात्र निर्वाचन प्रक्रियामा सहभागी रहन्छन। निर्वाचन कमिटी सदस्य विजयराज भट्टराई द्वारा प्रेषित सार्वजनिक सूचना अनुसार सन् २०१७ – २०२० को निमित्त नव निर्वाचित कार्यकारिणी समिति यस प्रकार रहेको छ I
 
अध्यक्ष: मेदिनी अधिकारी, मेरिल्याण्ड 
ब. उपाध्यक्ष: खगेन्द्र अधिकारी, भर्जिनिया 
उपाध्यक्ष: डा. तुल्सी धरेल, (क्यानाडा)
उपाध्यक्ष: राजेन्द्र खतिवडा, शिकागो (सेन्ट्रल रिजन अमेरिका )
उपाध्यक्ष: मुकुन्द ढुंगाना, लसएञ्जलस (वेस्टर्न रिजन अमेरिका )
कम्युनिकेसन डिरेक्टर: दुर्गा दाहाल, सन् फ्रान्सिस्को  
युथ कोअर्डिनेटर: श्याम सेढाई, एटलाण्टा 
 
ए.एन.ए. ले आगामी जुलाई २ मा बाल्टिमोर (920 North Charles Street, Baltimore, MD – 21201) मा एक दिवसीय कार्यक्रम को आयोजना गरेको छ र उक्त दिन नै सम्पूर्ण विजयी पदाधिकारीहरुलाई पद तथा गोपनियता को सफथ खुवाउने कार्यक्रम रहेको प्रेषित इमेल मा जनाइएको छ। निर्वाचनमा सबै पदाधिकारीहरू निर्बिरोध निर्वाचित भएका छन्।