मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अपडेट: लण्डनको ग्रेनफेल भवनमा आगलागीमा १२ जनाले ज्यान गुमाए

अपडेट: लण्डनको ग्रेनफेल भवनमा आगलागीमा १२ जनाले ज्यान गुमाए


हिमालयखवर संवाददाता
लण्डन- बेलायत स्थित पश्चिम लण्डनमा रहेको ग्रेनफेल आवास भवनमा बुधवार भएको आगलागीमा १२ जनाको ज्यान गएको पुष्टि भएको छ । यो सङ्ख्या अरू बढ्न सक्ने बीबीसीले जनाएको छ । मध्ये रातमा भएको यो भीषण आगलागीलाई नियन्त्रण गर्न निकै कठिन भएको थियो । 
 
यो आगलागीमा परेको ५० भन्दा बढी घाइतेको लण्डनका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
 
राती उक्त भवनमा मानिसहरू सुतिरहेका वेला आगलागी सुरु भएको थियो । कसरी आगलागी सुरु भयो यो अझै पत्ता लागेको छैन । तर, २७ तले उक्त भवनको दोस्रो तल्लावाट नै आगोको ज्वाला देखिएको थियो ।
 
आगलागी पछि सुतिरहेका मानिसहरूले झ्यालवाट हामफालेर समेत ज्यान जोगाएका थिए । आगलागी भएको केही घण्टापछि सम्म समेत मानिसहरूलाई उद्धार गरिएको थियो । उक्त भवनमा करिब ६ सय बस्दै आएको बताइएको छ ।