लबक, (टेक्सास) । टेक्ससको सुदूर उत्तरी शहर लबकमा हालै रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
ब्लड डोनर्स अफ अमेरिका (बिडिए) टेक्सस च्याप्टरका कार्यकारी सदस्य प्रेम श्रेष्ठको संयोजकत्वमा भएको रक्तदानमा ८ नेपालीले सहभागिता जनाएका थिए ।
लबक शहरमा झण्डै एकसय नेपाली परिवार बस्छन् । त्यस अवसरमा नेपाली समाज लबकका अध्यक्ष सुरेन्द्र गौतम लगायत बिडिएका आजीवन सदस्य ईश्वरकुमार श्रेष्ठ, कमल सापकोटा, सुलभ पौडेल, हुमनाथ भण्डारी, शिवशंकर राई, हरि बन्जारा, प्रेम श्रेष्ठले रक्तदान गरेका थिए ।
बिडिएले हरेक वर्ष जुन १४ लाइ रक्तदान एवं स्थापना दिवसका रूपमा मनाउँदै अएको छ । त्यस अवसरमा बुधबार विशेष कार्यक्रम अायोजना हुन लागेको बिडिएले जनाएको छ ।
प्रतिक्रिया