मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लण्डनको ग्रेनफेल टावरमा भीषण आगलागी (भिडियो सहित)

लण्डनको ग्रेनफेल टावरमा भीषण आगलागी (भिडियो सहित)


हिमालयखवर संवाददाता
लण्डन- बेलायतको पश्चिम लण्डन स्थित एक २७ तले आवास भवनमा भीषण आगलागी भएको छ । उक्त आगलागी नियन्त्रण्मा लिन करिब ४० दमकल र २ सय अग्निनियन्त्रक परिचालन गरिएको छ । उद्दारकर्ताहरुले उक्त भवन भित्र रहेकालाई सुरक्षित निकाल्न प्रयास गरिरहेको नर्थ किगंस्टोन स्थित लण्डन फायर बिग्र्रेडले जनाएको छ । 
 
लण्डनको ल्याङकेस्टर वेस्ट स्टेटको ग्रेनफेल टावरमा स्थानीय समय अनुसार राति  १ बजेर १६ मिनेटमा सुरु भएको थियो । त्यस बेला अधिकांश सुतिरहेका थिए । ४ बजेसम्म पनि उद्दारकार्य जारी रहेको बीबीसीले प्रत्यक्षदर्शीहरुलाई उदृत गर्दै समाचार दिएको छ । 
 
२७ तल्ले उक्त भवनमा दोस्रो तल्ला देखि माथि सम्म अनियन्त्रित रूपमा आगोको ज्वाला फैलिएको बीबीसीले जनाएको छ । कुनै पनि वेला उक्त भवन ढल्न सक्ने सम्भावना रहेको बताइएको छ ।
 
प्रत्यक्षदर्शीलाई उदृत गर्दै अर्को संचारसंस्था सीएनएनले आगोको ज्वालावाट बच्न केही व्यक्तिहरूले झ्यालवाट समेत हाम फालेको उल्लेख गरेको छ । 
 
यो आगलागी कसरी भयो र के कति हाताहात भएको यसको विवरण आउन बाँकी छ । केही घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । फोटो साभर: सिएनएन