ककनी (नुवाकोट) । साहसिक पर्यटन अभियानको रुपमा रहेको क्यानोनिङ (छाँगावहारोहण) तर्फ स्वदेशी तथा विदेशीको पर्यटकको आकर्षण बढ्दै गएको छ ।
प्राकृतिक दृश्यावलोकन र पदयात्रासहित साहसिक पर्यटकीय गतिविधिमा रुचि राख्ने स्वदेशी, विदेशी युवालाई क्यानोनिङप्रति आकर्षित बढ्दै गएका हुन् । क्यानोनिङ विगत एक दशकदेखि नेपालमा सञ्चालनमा आएको छ ।
नेपाल क्यानोनिङ एसोसिएसनको आयोजनामा विगत तीन वर्षदेखि नेपालका विभिन्न झरनामा क्यानोनिङलाई महोत्सवकै रुपमा मनाउन थालेपछि स्वदेशी तथा विदेशी युवाको आकर्षण बढेको हो ।
धादिङ घर भई धादिङबेँसीमा शिक्षण पेसा गर्दै आएका ३५ वर्षीय केशवराज श्रेष्ठ सञ्चारमाध्यममा क्यानोनिङबारे पढेको आधारमा शनिबार धादिङबाट नुवाकोटको ककनीस्थित भुलभुले झरनामा सञ्चालन भइरहेको क्यानोनिङको मज्जा लिन आइपुगे ।
उनी भन्छन्, ‘¥याफ्टिङ, ट्रेकिङलगायत पर्यटकीय प्रवद्र्धन गर्ने खेल खेलेँ, क्यानोनिङ मेरो खेल्ने रहर थियो, आजबाट त्यो पनि पूरा भयो ।’ सुरूमा डोरी समातेर तल झर्दा डर लाग्ने गरेको बताउने श्रेष्ठले आफूले हिम्मत नहारेका कारण यो खेल पूरा भएको बताए ।
उनीजस्तै काभ्रेपलाञ्चोक घर भई चावहिल बस्ने २६ वर्षीय प्रज्ज्वला कर्माचार्य पनि क्यानोनिङको मज्जा लिए । उनले भने– ‘सुरूमा केही डरको महसुस भयो तर डोरी समातेर हाम्फालेपछि समय कटेको पत्तै पाइन ।’ यो खेललाई अझै विकास गर्न जरूरी रहेको उनी बताउँछन् ।
श्रेष्ठ र कर्माचार्य केवल प्रतिनिधि पात्रमात्र हुन् । दुई दिनमा उनीहरुजस्ता १८० स्वदेशी तथा विदेशी पर्यटकले उक्त झरनामा क्यानोनिङको मज्जा लिएका छन् ।
नेपाल पर्यटन बोर्ड, टे«किङ एजेन्ट एसोसिएसन अफ नेपाल (टान) तथा पर्यटनसँग सम्बन्धित संस्थाको सहयोगमा यही जेठ २६ र २७ मा भएको महोत्सवमा अष्ट्रेलिया, फ्रान्स र जापानका साथै स्वदेशी पर्यटकले क्यानोनिङको मज्जा लिए ।
एसोसियसनका अध्यक्ष राजेन्द्र लामाले नेपालमा पर्वतारोहण, पदयात्रा, जलयात्रा, प्याराग्लाइडिङजस्ता साहसिक पर्यटकीय गतिविधि लोकप्रिय भइरहेका बेला पछिल्लो समयमा पहाडका अग्ला झरनाबाट डोरीको सहायतामा झर्दै खेलिने छाँगावरोहणप्रति स्वदेशी विदेशीको आकर्षण बढेकोे बताउँछन् ।
नुवाकोटको ककनीमा रहेको भुलभुले झरना करिब ५० मिटर अग्लो रहेको छ । होचा झरनामा नेपाली क्यानोनिङका लागि रुचाउने गर्छन् । क्यानोनिङ खेलको सुरूवातसङ्गै सुनसान रहेका गाउँमासमेत चहलपहल बढ्न थालेको छ । क्यानोनिङ महोत्सवले स्थानीय क्षेत्रमा उत्पादित सामाग्रीसमेत बिक्री वितरण भएको र स्थानीयवासीले रोजगार आर्जन गरेको स्थानीय मधुसुधन ढकाल बताउँछन् ।
उनी भन्छन्, ‘आगामी वर्षदेखि अझ यो खेललाई व्यवस्थित बनाएर लानेछौँ ।” सन् २०१३ मा पहिलोपटक भोटेकोसी महोत्सव गरेको एसोसिएसनले गत वर्ष नुवाकोटको थानापतिस्थित छहरे झरनामा दोस्रो महोत्सव गरेको थियो ।
टेकिङ एजेन्ट एसोसिएसन अफ नेपाल (टान)का उपाध्यक्ष रामप्रसाद सापकोटाले देशको पर्यटकीय विकासका लागि क्यानोनिङ क्षेत्रको समेत मह¤वपूर्ण भूमिका रहेको बताए । उनले भने, ‘गर्मी याममा क्यानोनिङको मह¤व झन् बढेर गएको छ ।’
एसोसिएसनले छाँगावरोहणबारे प्रचारप्रसार गरी यसको प्रवद्र्धन गर्न कार्यशाला, आधारभूत एवम् पुनर्ताजगी प्रशिक्षण चलाउँदै आएको छ । सिन्धुपाल्चोक, मनाङ, काभ्रेपलाञ्चोक, नुवाकोट, स्याङ्जा, लमजुङ, कास्की, ओखलढुङ्गा र काठमाडौँसहितका विभिन्न जिल्लाका झरना छाँगावरोहणका लागि बढी प्रचलित छन् । रासस
प्रतिक्रिया