हिमालयखवर संवाददाता
लसएन्जलस, (अमेरिका)- अमेरिकाको पश्चिमी राज्य क्यालिफोर्नियाको लसएन्जलसमा स्थानीय नेपाली समुदायलाइ योगदान गर्ने व्यक्तिहरूलाइ सम्मान गरिएको छ ।
स्थानीय आर्टेसियामा हालै बाणिज्यदुतबाट महावाणिज्यदूतमा पदोन्नति हुनुभएका ऋषि ढकाल र उनकी धर्मपत्नी बिमला ढकाललाई एनआरएन अमेरिका क्यालिफोर्निया च्याप्टर लगायतका स्थानीय सङ्घ-संस्थाहरूले एक समारोहका बिच सम्मान गरेका छन् । कार्यक्रम डिसी मेट्रो एरिया-बाल्टिमोर र पेनेसेल्भेनिया राज्यका लागि अवैतनिक महाबाणिज्यदूत प्रेमराजा महतको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो ।
समारोहमा प्रमुख अतिथि महतले भर्खरै नेपाल सरकारद्दारा महाबाणिज्यदुतमा पदोन्नती भएका ढकाललाई सम्मान गर्न पाउँदा खुशी लागेको बताउँदै मायाको चिनोस्वरुप नेपालको झन्डा उपहार प्रदान गरेका थिए । बिशेष अतिथि महाबाणिज्यदुत ढकालले लस एन्जलस नेपाली समाजले प्राप्त गरेको नेपाल सरकारको कन्सुलेट अफिस ठुलो सफलता भएको बताउँदै आफु राजदुतावास, कन्सुलेट अफिस र नेपाली समाजसँग सहकार्य गर्दै यो क्षेत्रका नेपालीहरुको स्तोरोन्नतीका लागी हरदम लागिपर्ने बताए ।
‘यो समाजले दिएको सम्मान खेर जान दिने छैन’ ढकालले भने । आर्टेसिया नगरका मेयर अलि साजाद ताजले नेपाली समुदायसंगको सामिप्यताले आफुलाई खुशी लागेको उल्लेख गर्दै महाबाणिज्यदुत ढकाललाई आर्टेसिया नगरको तर्फबाट सम्मान पत्र प्रदान गरेका थिए ।

कार्यक्रममा पर्यटनदुत एवम पशुपतिनाथ फाउन्डेशनका सचिव रामेश्वर भण्डारी, नेजाका पूर्व सचिव तथा हिमालीपोष्ट अनलाइनका प्रधान सम्पादक सुदिप पन्त, गणेश – तिर्था फाउनडेशनकी अध्यक्ष उमा कार्की थापाले महाबाणिज्यदुत ढकाल र समानित पत्रकारहरुलाई बधाई दिदैं लसएन्जलस नेपाली समुदायको एकता अझ प्रगाढ बनाउन सबै लाग्नुपर्ने बताएका थिए । एनआरएन आईसिसी सदस्य दिल श्रेष्ठले महाबाणिज्यदुत ढकाललाई शुभकामना दिदैं सम्मानका यस्ता कार्यहरुले सामाजिक सद्भाव बढाउने उल्लेख गरे ।
एनआरएन अमेरिका क्यालिफोर्निया च्याप्टर, श्रीपशुपतिनाथ फाउण्डेसन युएसए, नेपाल अमेरिका एकता समाज, नेपाली जनसम्पर्क समिति अमेरिका साउदर्न क्यालिफोर्निया च्याप्टर, प्रवासी नेपाली मञ्च-क्यालिफोर्निया राज्य समिति, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज लस एन्जलस च्याप्टर, अमेरिका नेपाल सोसाइटी, बुद्दिस्ट सोसाइटी अफ क्यालिफोर्निया, गुरुङ समाज, तामांग सोसाइटी अफ क्यालिफोर्निया, मगर समाज क्यालिफोर्निया, ब्लड डोनर्स एसोसिएसन क्यालिफोर्निया च्याप्टर, बौध्दिक संसार शैक्षिक प्रतिष्ठान, अमेरिका नेपाल चेम्बर अफ कमर्स, एफ वान ग्रुप, गणेश तिर्था फाउनडेशन लगायतका स्थानीय सङ्घ-संस्थाले शुभकामना तथा सम्मान कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रमको संयोजन एनआरएन, अमेरिका क्यालिफोर्निया च्याप्टरले गरेको थियो ।
.jpg)
शुभकामना तथा सम्मान कार्यक्रममा बौद्धिक संसार शैक्षिक प्रतिष्ठानका अध्यक्ष बलराम थापा, नेपाली जनसम्पर्क समिति अमेरिका केन्द्रीय सदस्य तथा प्रचार बिभाग प्रमुख गोकुल ढकाल, नेपाल अमेरिका एकता समाजका अध्यक्ष सुर्य प्रसाईं, बुद्दिस्ट सोसाइटी अफ क्यालिफोर्नियाका अध्यक्ष राम लामा, एएनएसका अध्यक्ष चिरन्जीवी गौतम, गणेश तिर्था फाउनडेशनकी अध्यक्ष उमा कार्की थापा, नेपाली जनसम्पर्क समिति अमेरिका साउदर्न क्यालिफोर्निया च्याप्टरका अध्यक्ष मदन पाठक, प्रवासी नेपाली मञ्च-क्यालिफोर्निया राज्य समितिका अध्यक्ष विजय कटुवाल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका कोषाध्यक्ष शान्तिराम ढकाल, गणेश तिर्था फाउनडेशनकी अध्यक्ष उमा कार्की थापा, एएनए अमेरिकाका पूर्व अध्यक्ष डा. शम्भु ढुंगाना, नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधि एकराज पाण्डे, NWGN क्यालिफोर्निया च्याप्टर अध्यक्ष अमृता गैरे, गुरुङ समाज अध्यक्ष ज्ञानेन्द्र गुरुङ, तामांग सोसाइटी अफ क्यालिफोर्निया अध्यक्ष टेक लामा, ब्लड डोनर्स एसोसिएसन क्यालिफोर्निया च्याप्टर अध्यक्ष एकदेब शर्मा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज लस एन्जलस च्याप्टर अध्यक्ष डन बहादुर कार्की, एफ वान ग्रुप अध्यक्ष विश्व सुबेदी, मगर समाज अध्यक्ष बखान थापा, समाजसेवी नबिन पोखरेल, लक्ष्मी रानाभाट, शारदा श्रेष्ठ, अभियान्ता प्रेम गुरागाईं, बिमल श्रेष्ठ, तिलक कार्की, ईन्दिरा त्रिपाठी, कर्ण चन्द लगायत पत्रकारहरुको उपस्थिती थियो ।
एकता समाजका अध्यक्ष सुर्य प्रसाईंले संचालनका गर्नुभएको कार्यक्रमको सभापतित्व एनआरएन अमेरिका, क्यालिफोर्निया च्याप्टरका उपाध्यक्ष रामबाबु पाण्डेले गरेका थिए ।
पत्रकारहरू सम्मानितः
हिमालय खबरका सम्वाददाता डोल्मा लामा र शंकर राज वाग्ले लगाएत पत्रकारहरू सम्मानितः
कार्यक्रममा लस एन्जलसलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्ने संचारकर्मीहरुलाई सम्मान गरिएको थियो । नेपाल ट्वेन्टीफोरका प्रधान सम्पादक पुरुषोत्तम ढकाल, हिमालीपोस्ट डट कमका प्रधान सम्पादक सुदिप पन्त, खुल्लामन्च डट कमका प्रधान सम्पादक गोकुल ढकाल, मेरोखबर डट कमका सम्पादक उपेन्द्र न्यौपाने, हिमालय खबर का सम्वाददाताहरू डोल्मा लामा र शंकर राज वाग्ले, बिआरटीनेपालका प्रबन्ध निर्देशक तथा सम्पादक राम लामा र समुदाय मासिकका सम्पादक युवराज खनाललाई डायोस्प्यारा, बिशेषत: लस एन्जलस नेपाली समुदायका कृयाकलापहरुबारे सु-सुचित गरी योगदान प्रदान गरिएको बिषयमा सम्मानित गरिएको थियो ।
प्रतिक्रिया