मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

मनिलाको होटल क्यासिनो कक्षमा बन्दुकधारीले गरेको आगजनीमा ३६ को मृत्यु

मनिलाको होटल क्यासिनो कक्षमा बन्दुकधारीले गरेको आगजनीमा ३६ को मृत्यु


मनिला । फिलिपिन्सको राजधानी मनिला अवस्थित होटलको क्यासिनो कक्षमा एक बन्दुकधारीले गरेको आगजनीमा परी ३६ को मृत्यु भएको छ । यस घटनामा अन्य दर्जनौँ घाइते भएका प्रहरी स्रोतले जनाकारी दिएको छ । 
 
बिहीबार मध्यराति एक बन्दुकधारीले गरेको यस आक्रमणमा परी आक्रमणकारी स्वयम्लगायत ३६ जनाको मृत्यु भएको हो । आगजनी र गोलीसमेत प्रहार गरी ३६ जनाको हत्या गरेपछि उनी स्वयंले आमहत्या गरेका थिए । 
 
यस आगजनीको पाँच घन्टापछि आक्रमणकारी स्वयम्ले आत्मदाह गरेका र ती बन्दुकधारी आगजनीको क्रममा एम ४ राइफल र पेस्ट्रोलसमेत प्रयोग गरेको प्रहरी अधिकारी रोनाल्ड डेला रोसाले बताएका छन् । फिलिपिन्सको सुरक्षा अधिकारीहरुले यो घटना आतङककारीहरुले गराएको नभई ‘सन्काह’ व्यक्तिले गराएको बताएका छन् । 
 
“क्यासिनोको दोस्रो तलाको भित्री भागमा केही शवहरु भेटिएका थिए भने, अन्य केही शवहरु होटेलको आराम कक्षमा भेटिएका दक्षिणी जिल्लाका प्रहरी प्रमुख टोमस अपोलिनारिओले बताएका छन् । 
 
हाल होटेल प्रहरीको कडा निगरानीमा रहेको त्यहाँ कसैलाई पनि जान नदिइएको टोमसले बताएका छन् । “घटनाका बारेमा अनुसन्धान भइरहेको छ, शङ्कास्प्रद व्यक्तिहरुको पहिचान भइसकेको छ,” उनले थप जानकारी दिएका छन् । एएफपी / सिन्ह्वा