मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकामा रहेका किराँत धर्माबलम्बीहरुको राष्ट्रिय सम्मेलन सम्पन्न

अमेरिकामा रहेका किराँत धर्माबलम्बीहरुको राष्ट्रिय सम्मेलन सम्पन्न


हिमालय खबर संबाददाता
ड्यालस (टेक्सस)- अमेरिकामा रहेका किराँत धर्माबलम्बीहरुको राष्ट्रिय सम्मेलन तथा किराँत खिबेक्वा याक्वा लाधुंङशेमी सेवा, चौथो वार्षिक किराँत उभौली कार्यक्रम टेक्सासकोको ड्यालसमा सम्पन्न भएको छ ।
 
किराँतहरुको केन्द्रीय सङ्गठन किराँत कम्युनीटि अर्गनाइजेसन अफ अमेरिका र किराँत सोसाइटी अफ टेक्सस फर रिलीजन एण्ड कल्चरको संयुक्त आयोजना दुइ दिनसम्म उक्त कार्यक्रम चलेको थियो । 
मे २६ देखि २८ सम्म चलेको कार्यक्रमको पहिलो दिन किराँत कम्यूनीटि अर्गनाइजेसनको राष्ट्रिय भेला तथा साधारणसभा र  विज्ञहरुको सम्मेलन, दोस्रो दिन उभौली पूजा, प्रार्थना, साकेला नाच, किराँत भजनकिर्तन र धर्मगुरुहरुको साधारणसभा भएको थियो भने अन्तिम दिन सांस्कृतिक कार्यक्रम र किराँत धर्मको संरक्षण र प्रवर्धनमा भूमिका खेलेका विभिन्न व्यक्तित्वहरुलाइ सम्मान गरिएको थियो । 
 
अमेरिकामा रहेका किराँत परिवारहरुको उल्लेख्य जमघट रहको सो सम्मेलनमा ३५ राज्यका प्रतिनिधिहरूले आफ्नो राज्य सङ्गठनको  वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने केन्द्रीय समितिले आगामी वर्षको कार्ययोजना पेस गरेको किराँत कम्मूनीटि अर्गनाइजेसन अफ अमेरिकाका अध्यक्ष सुकमान सुब्बाले बताए ।“ आफ्नो कला, धर्म र संस्कृतीकोे संरक्षण गर्दै  अमेरिका जस्तो बहुसांस्कृतिक मुलुकमा किराँत पहिचानलाई सरकारी मान्यता दिलाउन हाम्रो प्रयास हो,”अध्यक्ष सुब्बाले भने । 
 
“विश्वका मानवजातीको सुख, शान्ति र समृदिको लागी हेरक वर्षको उभौली पर्वमा भगवान् तगेरा निगंवाभुमाङसंग हामी प्रार्थाना गर्ने गर्दछौँ ।” प्रमुख अतिथि एवं किराँत धार्मिक प्रशिक्षक तथा तुम मांगसेवासा गुर मनप्रसाद थलगंले भने । किराँत धर्मका प्राज्ञ प्रा.डा. नरेश लावती र रणबहादुर सुब्बाले किराँत संस्कृति बारे उठेका जिज्ञासाहरूको जवाफ दिएका थिए ।
 
कार्यक्रममा संस्थाले प्रत्येक वर्ष प्रदान गर्ने पत्रकारिता सम्मान पत्रकार किरण मरहठ्ठालाइ प्रदान गरियो भने वरिष्ठ समाजसेवी सम्मान गणेश सुब्वालाइ प्रदान गरिएको थियो ।
 
उभौली र उधौली किराँत धर्मका दुई ठुला पर्वहरु हुन् । जसमध्ये उधौली हिउँदमा मनाइन्छ भने उभौली अन्नपात राम्रो होस् भन्ने कामना गर्दैैै बर्षायाममा मनाइन्छ । यस अघि यो कार्यक्रम जर्जीया, ओहायो र टेनीसीमा सम्पन्न भएका थिए । अमेरिकाका ४१ राज्यहरूमा किराँत धर्मावलम्बीहरूको बसोबास छ । कार्यक्रममा करिब एक हजार किराँत धर्माबलम्विहरुको सहभागिता  रहेकोे ओहायो राज्यप्रमुख सनमान सावाँले जानकारी दिए ।