बिश्व घटना

टर्कीेमा सेनाको हेलिकप्टर दुर्घटना, १३ जनाको मृत्यु

टर्कीेमा सेनाको हेलिकप्टर दुर्घटना, १३ जनाको मृत्यु


अङ्कारा । टर्कीको सिनाक प्रदेशमा बुधबार अवेर राति टर्की सेनाको हेलिकप्टर दुर्घटना भएको छ । सो दुर्घटनामा परी १३ जना सैनिकले ज्यान गुमाएका छन् । 
 
सिर्नाक प्रदेशको सेनोबाबाट १३ जना सैनिकलाई लिएर उडेको हेलिकोप्टर दुर्घटनामा परेको सेनाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।  
 
स्थानीय समयाअनुसार बुधबार २०ः५५ राति बजे उडेको केही समयमै ‘हाइभोल्टेज’का कारण हेलिकोप्टर दुर्घटना भएको विज्ञप्तिमा उल्लेख छ । टर्कीका रक्षामन्त्री फिक्री इसिक दुर्घटनाका बारेमा बुझ्न घटनास्थलमा पुगेका छन् ।
 
सेनोबा जिल्लाको नजिकै टर्की र इराकको सिमानामा दुर्घटना भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । 
 
दुर्घटनाका बारेमा विस्तृत विवरणको प्राप्त गर्नको लागि अनुसन्धान टोली घटनास्थलमा पठाइ सकिएको बताइएको छ । रासस÷सिन्ह्वा