मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेवा:अर्गनाइजेशनद्वारा लस एन्जल्समा रक्तदान कार्यक्रम

नेवा:अर्गनाइजेशनद्वारा लस एन्जल्समा रक्तदान कार्यक्रम


लस एन्जल्स, २१ मे । आज नेवा: अर्गनाइजेशन साउदर्न क्यालिफोर्निया च्याप्टरको आयोजनामा श्रीपशुपतीनाथ तथा बुद्ध मन्दिरमा रक्तदान कार्यक्रमको आयोजना भएको छ । रक्तदान गर्न ८० जना​ उपस्थित भएकोमा ३५ जनामात्र दान गर्न सफल भएका थिए ।
 
अगस्ट २०१२ देखि हरेक तीन महिनाको फरकमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आइरहेको छ ।
 
“आफ्नो संस्कृति संरक्षणका लागि म्ह पूजा र यमरी पूजाका साथमा विविध सामाजिक कार्यलाई निरन्तरता दिँदै आइरहेको संस्थाले आगामी दिनमा समेत सबैको सहयोग र सद्भावमा रक्तदान लगायतका धार्मिक र सामाजिक कार्यक्रम गर्दै जाने” संस्थाका महासचिव बिमल श्रेष्ठले बताए ।
 
हरेक व्यक्तिले गरेको रक्तदानले तीन जनाको जीवन रक्षा हुने गर्दछ । अमेरिकी नियम अनुसार रक्तदान गर्न अमेरिकामा बस्न थालेको ३ वर्ष हुनुपर्ने तथा लगातार एकबर्ष अमेरिका बाहिर नगएको हुनु पर्दछ । सामान्य अवस्थामा ६ हप्ता पछि पुन: रगत दिन सकिने भए पनि प्लेटलेट चाही हरेक दुई साता पछि दिन मिल्छ ।