हिमालयखवर संवाददाता
लण्डन- ब्रिटेनको राजधानी लण्डनमा अमेरिकी पप गायिका अरियाना ग्रांडेले आफ्नो कन्सर्ट प्रस्तुति दिइरहेको वेला बम विस्फोट हुदां १९ जनाको मृत्यु भएको छ । लण्डन प्रहरीले यो विस्फोटमा ५० जना घाइते भएको जनाउंदै यसलाई आतंककारी घटनाका रूपमा लिई अनुसन्धान गरिरहेको बेलायतको सञ्चार संस्था रोयर्टसले जनाएको छ ।
यो आत्मधाती हमला हुन सक्ने आशंका गर्दै विस्फोटमा प्रयोग भएका बमका टुक्राहरुको अनुसन्धान भइरहेको जनाइएको छ । नियन्त्रित विस्फोटक उपकरणप्रयोग गरी सकेसम्म धेरै मानिसलाई क्षति पुर्याउने उद्देश्यले यो घटना घटाईएको प्रारम्भिक अनुसन्धानले देखाएको वेलायती संचारमाध्यमहरुले जनाएका छन् ।
सोमवार साँझ १० बजेर ३५ मिनेट जाँदा भएको बम विस्फोट भएको थियो । त्यस बेला २१ हजार क्षमता रहेको उक्त हलमा अरियानाले आफ्नो प्रस्तुति दिईरहेकी थिइन । यो घटनामा २३ वर्षीय अमेरिकी पप गायिका अरियाना सकुशल रहेको उनका प्रवक्ताले जनाएका छन् ।
बम विस्फोट भएपछि हलमा कन्सर्ट सुनिरहेका हज्जारौं चिच्याउंदै बाहिर निस्कन गेट तिर भागदौड गरेको प्रत्यक्षदर्शीले बताएका छन् । उक्त कन्सर्टमा बालबालिकाहरु पनि थिए । बम विस्फोट पछि त्यहाँ कोलाहाल पूर्ण वातावरण देखिएको बताइएको छ ।
यो बम विस्फोटमा आतंककारीको संलग्नता पुष्टि भए ब्रिटेनमा सन २००५ पछिको यो सबैभन्दा ठुलो आतंककारी हमला हुने छ । सन् २००५ मा बेलायतको सार्वजनिक यतायातमा भएको हमलामा ५२ जनाको ज्यान गएको थियो । त्यसबेला कयौँ घाइते भएका थिए ।
बम विस्फोट भएको उक्त हल युरोपकै सबैभन्दा ठुलो इन्डोर हल हो । बम विस्फोटका प्रत्यक्षदर्शीले ठुलो आवाजका साथ विस्फोट भएको बताएका थिए । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले यस घटनाका बारेमा विस्तृत अनुसन्धान गरिरहेको छ ।
बेलायतमा निर्वाचन हुन साढे २ साता बाँकी रहँदा यो घटना भएको हो । मतसर्वेक्षणले सत्तारुढ पार्टीले नै बहुमत ल्याउने देखाएको छ । यो हमला पछि ब्रिटेनमा उच्च सर्तकता अवलम्बन गरिएको छ । (स्रोत विभिन्न संचारमाध्यम) फोटो साभार: सामाजिक संजाल
प्रतिक्रिया