मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

एनआरएन अमेरिकामा भेरिफाईड सदस्य १४८८५

एनआरएन अमेरिकामा भेरिफाईड सदस्य १४८८५


हिमालयखवर संवाददाता
न्युयोर्क (अमेरिका)- एनआरएन अमेरिकाले  शुक्रवार साँझ भेरिफाइड सदस्यता सूची निर्वाचन समितिलाई वुझाएको छ । उक्त सुचीमा एनआरएन अमेरिकामा भेरिफाइड सदस्य सङ्ख्या १४ हजार ८८५ कायम गरिएको छ । यस अनुसार आवेदन दिने मध्ये २ हजार भेरिफाइड हुन सकेनन् । 
 
यी भेरिफाइड सदस्यले एनआरएन अमेरिकाको आउने निर्वाचनमा मत हाल्न पाउंछन् । एनआरएन अमेरिकाले तोकिएको समय भन्दा एक महिना २० दिन ढिलो गरी भेरिफाइड सदस्य सुची वुझाएको हो । सदस्यता भेरिफाइडमा विभिन्न खालका विवाद आएका थिए । 
 
एनआरएन अमेरिका निर्वाचन समितिले भेरिफाइड सदस्य सङ्ख्या नदिदां निर्वाचन कार्यक्रम अघि बढाउन नसकिएको उल्लेख गर्दै विज्ञप्ति सार्वजनिक गरेको भोलिपल्ट एनआरएन अमेरिकाले सदस्य सुची दिएको हो । 
 
आवेदन दिने मध्ये २ हजारलाई किन सदस्यता दिईएन यो बताइएको छैन । एनआरएन अमेरिकाको कार्यसमिति भित्रै भेरिफाइड नहुने सदस्यका बारेमा पारदर्शी रूपमा किन सुचीमा परेन यो भन्नु पर्ने माग उठेको थियो । 
 
सदस्यता विवाद एनआरएन अमेरिकामा नयाँ होइन । यो कार्यसमितिले नक्कली सदस्य बनाएर निर्वाचन जितेको आरोप लगाइएको थियो । यो विवाद अहिलेपनि अमेरिकी अदालतमा विचाराधिन छ । अहिलेको भेरिफिकेसन पनि निर्वाचनमा नाफा नोक्सानका आधारबाट प्रभावित भएको कार्यसमितिका पदाधिकारीले बताए ।
 
यस अघि सदस्यता भेरिफिकेसन समितिले सदस्य सङ्ख्यामा विरोधाभास पूर्ण तथ्याङ्क दिएको थियो । । एनआरएन अमेरिकाको सोमवार साँझ बसेको कार्यसमिति बैठकमा समितिका संयोजक तिलक श्रेष्ठले सदस्य सङ्ख्या १४ हजार ७ सय २२ कायम रहेको जानकारी दिएपछि विवाद आएको थियो ।
 
कार्यसमितिका पदाधिकारीले किन २ हजार भन्दी रद्द भए पारदर्शी गर्न र सूचीमा नपरेका सदस्य आवेदन पनि सार्वजनिक गर्न माग गरेका थिए । श्रेष्ठले भेरिफिकेसनवाट १ हजार ७१८ सदस्य रद्द भई १५ हजार १६५ कायम भएको बताएका थिए । यही आधारमा कार्यसमिति सदस्यले सङ्ख्या किन फरक पर्‍यो भन्ने प्रश्न केही दिन अघि उठेको थियो । यो भेरिफाइड सुची पनि विवाद मुक्त हुन नसक्ने ती पदाधिकारीले बताए ।
 
एनआरएन अमेरिकामा कार्यसमितिको पदावधी दुई वर्ष हुन्छ । यो कार्यसमितिले दुई वर्षको अवधि पुरा गरिसकेको छ ।

शेयर गर्नुहोस:

0
Shares