मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

हतियार खोज्दै घरघरमा पुलिस

हतियार खोज्दै घरघरमा पुलिस


चितवनमा हतियार खोज्दै प्रहरी टोली घरघरमा पुगेको छ । लाईसन्स लिएर हतियार राख्ने र उचित समयमा प्रशासन सँग सम्प्रर्कमा नआउनेहरुको हतियार बरामद गर्ने अभियान अन्त्रगत प्रहरी टोली हतियार बाहकको घरघरमा पुगी खान तलासी गरेको चितवनका प्रहरी प्रमुख दीपक थापाले बताउनु भयो । सोही अभियान अन्त्रगत शुक्रवार जिल्ला प्रहरी कार्यालय चितवनले तीन थान हतियार सहित आठ राउन्ड गोली बरामद गरेको छ । स्थानीय निर्वाचन २०७४ लाई मध्यनजर गर्दै वैशाख १५ गतेसम्म हतियार बुझाउन भनिए पनि अटेरी गरेपछि प्रहरीले शुक्रवार सर्च अभियान गरी उक्त हतियार बरामद गरेको हो । 
 
शुक्रवार नारायणगढ क्षेत्रपुरका धनन्जय खनालको घरबाट र नारायणगढका केदार मल्लको घरबाट २२ बोर बन्दुक सहित  आठ राउन्ड गोली तथा चनौलीमा एक थान हतियार बरामद गरिएको  बताइएको छ । वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएका प्रहरी निरीक्षक निरञ्जन भट्टराईको टोलीले नारायणगढ र क्षेत्रपुरमा छापा मार्दा उक्त परिणामको हतियार बरामद भएको हो ।हतियार बाहककको घरमा पुगी हतियार बरामद गर्ने आदेश अनुरप हतियार बरामदका लागी घरघरमा पुगी हतियार बरामद गरिएको प्रहरी निरिक्षक भट्राईले बताउनु भयो ।
 
 बरामद हतियारमा एक नाले २२ बोर बन्दुक र त्यसमा लाग्ने आठ राउन्ड गोली तथा अन्य दुई वटा एक नाले बन्दुक भएको जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक थापाले बताउनु भयो । बरामद भएका हतियारलाई प्रहरीले जफत गर्ने समेत थापाको भनाइ छ । जिल्लामा एक सय २१ वटा हतियार रहेकोमा प्रहरीले दिएको म्याद वैशाख १५ गतेसम्म २७ वटा हतियारमात्र बुझाइएका थिए । लाइसेन्स भएर पनि प्रहरीलाई नबुझाइएका हतियारले वैशाख ३१ मा हुने निर्वाचनमा सेक्युरीटी थ्रेटबढ्ने भन्दै सर्च अभियान सुरु गरिएको थापाले बताउनु भयो । 
 
प्रहरीले हतियार राख्नेहरुको रेकड सहित घरघरमा पुगेर हतियार बरामद गर्ने अभियानै सुरु गरेको छ ।त्यस्तैचितवन प्रहरीले निर्वाचन कार्यक्रमलाई बिथोल्न खोज्ने विभिन्न आपराधिक गतिविधि  संलग्न २३ गुण्डालाई पक्राउ गरेको छ । अप्रेसनस्वीट नाम दिएर प्रहरीले ती गुण्डालाई पक्राउ गरेको चितवन प्रहरी प्रमुख दीपक थापाले जानकारी दिनुभयो ।  थापाका अनुसार ५ दर्जन बढी  साना सिलिण्डर पनि प्रहरीले वरामद गरेको छ ।

शेयर गर्नुहोस:

0
Shares