हिमालयखवर संवाददाता-
कोलोराडो (अमेरिका)- रक्सी खाएर गाडी चलाउंदा उत्तर बोल्डरमा सडक दुर्धटनामा परेका ड्राईभरलाई सहयोग गर्न जाँदा अर्को गाडीका जड्याहा ड्राईभरले ठक्कर दिदां एक नेपाली युवती सोना श्रेष्ठ घाइते भएकी छिन् । दुर्धटनाको अनुसन्धानमा संलग्न स्थानीय प्रहरीका अनुसार थ्रन्टनमा बस्ने ५१ वर्षीय इमिलो क्लाभेलले नर्थ फुटहिल्स हाईवेमा आइतबार राती अर्को कारका ठक्कर दिएका थिए ।
यो घटनाका दुई जना प्रत्यक्षदर्शी बोल्डरमा बस्ने २२ वर्षीय सोना र अर्का २५ वर्षका एन्थोनि सर्ट सहयोग गर्न पुगेका थिए । त्यही वेला अर्का रक्सी सेवन गरेका होजे हर्नानदेजले चलाएको गाडीले इमिलोको गाडीलाई ठक्कर दिदां सोना र सर्ट च्यापिई गम्भीर घाइते भएका थिए ।
गभ्भिर घाइते भएका तिनै जनालाई बोल्डर फुटहिल्स स्थित कम्युनिटी अस्पतालमा उपचारका लागि लगिएको थियो । सोमवार दिउसो तिनै जनाको स्वास्थ्यमा राम्रो सुधार आएको स्थानीय संचारमाध्यमले जनाएका छन् ।
यी दुवै दुर्धटनामा रक्सी सेवन मुख्य कारण रहेको अनुसन्धानमा संलग्न अधिकारीले आशंका गरेका छन् । यो घटनामा सकुशल रहेका दुर्धटना गराउने हर्नानदेजले चार घण्टा अघि एउटा मात्र वियर पिएको दाबी गरेका थिए । तर, छानविनमा उनको दाबी भन्दा बढी पिएको देखिएको थियो ।
रेडर्क अनुसार उनी यस अघि पनि रक्सी सेवन गरेर गाडी हाकेको, केयरलेस ड्राईभिगं गरेको आरोपमा पक्राउ परिसकेको थिए । बोल्डर सहरमा रहेको रेकर्डमा हर्नानदेज गत आठ महिनामा रक्सी सेवन गरेर गाडी चलाएको आरोपमा पक्राउ परेको यो तेस्रो पटक हो । हर्नानदेजलाई यस अघिनै कारबाही भइसकेको र उनको लासेन्स रद्द गरिएको थियो ।
सुरुको दुर्धटनामा संलग्न इमिलोलाई भने अस्तपालवाट फिर्ता भएपछि रक्सी सेवन गरेर गाडी चलाएको अभियोगमा मुद्दा चलाइने प्रहरीले जनाएको छ । हर्नानदेजसंग भने ५ लाख डलरको बोण्ड मागिएको छ ।
कोलोराडो स्टेट युनिभर्सिटीमा अध्ययनर सोनाको उपचारमा सहयोग गर्न परिवारल गोफण्ड मार्फत सहयोगका लागि आग्रह गरिएको छ । फोटो साभार: सामाजिक संजाल
प्रतिक्रिया