मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

किरात राई कम्यूनिटी अफ कालोेराडो गठन

किरात राई कम्यूनिटी अफ कालोेराडो गठन


कोलोराडो निवासी किरात राईको भेलाले किरात राईहरुको भाषा, धर्म, जातीय उत्थान तथा समुदायिक सद्भाव बढाउने उद्धेश्य राखी किरात राई कम्यूनिटी अफ कोलोराडो गठन गरेको छ ।

कोलोराडो स्थित अरोरामा आइतबार सम्पन्न भेलाले भिम राईको अध्यक्षतामा सर्वसम्मत रुपमा ९ सदस्सिय किरात राई कम्यूनिटी अफ कोलोराडो गठन हो । यसरी सर्बसम्मत छानीएका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमश शोभा सुब्बा राई, जिदन राई, दिलकुमार राई र संस्कृतीक संयोजकमा माईली मगर र धन राई रहेका छन् । त्यस्तै अन्य सदस्यहरुमा धनबहादुर राई, ईन्द्र राई र सपना राई रहेका छन् । सोही भेलाले ६ सदस्सिय सल्लाहकार समिती पनि चयन गरेको छ । यसरी चयन भएका सल्लाहकारहरुमा टीकाराम राई, सनबहादुर राई, एसबी मिजार, केदार खतिवडा, डा. डेन एडवोर्स, नीर्मला राई रहेको संस्थाका सचिब जिदेन राईले बताएका छन् ।

 

कोलोराडोमा किरात राई सोसाईटी अफ अमेरीकाको च्याप्टर रहेको र आफुहरु पनि च्याप्टरको बिभिन्न पदमा रहेर केही समय काम गरेको तर आफुहरुलाई उक्त संस्थ्ँँको केन्द्रिय निती तथा कृयाकलाप चित्त नबुझको कारण बाध्य भएर अर्को संस्था खोल्नु परेको सचिव राइको भनाई रहेको छ ।