मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

आप्रावासीलाई टेक्सस जाँदा सतर्क हुन ट्राभल एड्भाईजरी (भ्रमण सर्तकता)

आप्रावासीलाई टेक्सस जाँदा सतर्क हुन ट्राभल एड्भाईजरी (भ्रमण सर्तकता)


अप्रावासी अधिकारका लागि क्रियाशील अमेरिकन सिभिल लिर्वटिज् युनियन (एसीएलयू) ले टेक्ससमा यसै साता देखि विवादस्पद इमिग्रेसन बिल (कानुन) कार्यान्वयनमा आएको सन्दर्भमा ट्राभल एड्भाईजरी (भ्रमण सर्तकता) जारी गरेको छ । 
 
टेक्सस राज्यका गभर्नर  ग्रेग अवोटले आप्रावासी (इमिग्रेण्ट) लाई थप कडाई गर्ने कानुनमा यसै साता हस्ताक्षर गरेका थिए । यो कानुनमा प्रहरी र सुरक्षा निकायले बाटोमा हिड्दा हिड्दै पनि शङ्का लागे अमेरिकामा बसोबास गर्न पाउने कागजात छ छैन जाँच गर्न सक्छन् । 
 
यस्तो कानुनले अमेरिकाको संविधानले दिएको अधिकारलाई उलंधन गर्न सक्ने जनाउंदै एसीएलयूले ट्राभल एड्भाईजारी जारी गरेको हो । गभर्नर अवोटले टेक्सस राज्यलाई सुरक्षित बनाउन यो कानुन ल्याएको दाबी गरेका छन् । तर, एसीएलयूले यस्तो धारणा गलत भएको जनाएको छ । 
 
 अमेरिकी नागरिक लगायत  सबै टेक्सस भ्रमण गर्नेलाई सतर्क गराउने यस्तो एड्भाईरजी जारी गरिएको हो । टेक्ससमा कहीँ कतै, चाहे बैध वा अवैध हुनुहोस इमिग्रेसन सम्बन्धी कागजात मागिन सक्छ, एसीएलयूका अधिकारीले विज्ञप्तिमा भनेका छन् । 
 
राष्ट्रपति डोनाल्ड ट्रम्पको अनुदार आप्रावासी नीतिलाई सहयोग हुने गरी अघिल्लो साता राज्यका विद्यायकले यस्तो कानुनलाई स्वीकृत गरेका थिए । यसलाई गभर्नरले हस्ताक्षर गरेका हुन् । नयाँ कानुनमा आप्रावासी प्रति उदार हुने सुरक्षाकर्मीलाई पक्राउ र जेलमा राख्ने सम्मको व्यवस्था छ । यो कानुनले कतिपय सहरले अपनाउंदै आएको कागजात विहिनलाई पक्राउ परेपनि छाड्ने नीति (सेन्चुरी सिटी)को व्यवस्थामा पनि प्रतिबन्ध लगाएको छ ।  
 
टेक्ससका गभर्नर अवोट रिपब्लिकन पार्टीबाट गभर्नर भएका हुन् । टेक्ससको सिनेटमा रिपव्लिकन पार्टीको बहुमत छ । तपाईँको अमेरिका बस्ने कानुनी कागजात देखाउनुहोस भन्ने यो कानुन प्रति त्यहाँको प्रतिपक्षी डेमोक्र्याट पार्टीका विद्यायकले विरोध गरेका थिए । यसले भेदभाव पूर्ण व्यवहार गर्ने हुदां यस्तो कानुन ल्याउनु हुन्न भन्ने ती विद्यायकले दाबी गरेका थिए । एसीएलयूले यो विवास्दपद कानुनको विरुद्ध अदालत र सडकमा विरोध गर्ने तयारी भइरहेको जनाएको छ ।  
 
टेक्सस नेपाली समुुदाय बाक्लो बस्ती भएको राज्य हो । यो कानुनबाट डलास, ह्यूस्टन, अस्टिन लगायत टेक्ससका विभिन्न स्थानमा बस्ने नेपाली पनि प्रभावित हुन सक्छन् । मेक्सिकोसंग सीमा जोडिएको अमेरिकाकै ठुलो मध्ये टेक्ससमा आप्रावासीको सङ्ख्या पनि ठुलो छ । फोटो साभार: सामाजिक संजाल 

शेयर गर्नुहोस:

0
Shares