मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

एफबीआई प्रमुख बर्खास्त

एफबीआई प्रमुख बर्खास्त


हिमालयखवर संवाददाता
वासिंटन डिसी (अमेरिका)- राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सङ्घीय जाँच ब्युरो एफबीआईका निर्देशक जेम्स बी कोमेलाई मङ्गलवार पदबाट बर्खास्त गरेका छन् । एकपछि अर्को अप्रत्याशित निर्णयहरू गर्दै आएका राष्ट्रपति ट्रम्पको यो कदम पछि अमेरिकाको राजनीतिमा नयाँ तरगं आएको छ । सन् २०१६ मा भएको राष्ट्रपति निर्वाचनमा रसियाको संलग्नताका बारेमा एफबीआईले अनुन्धान गरिरहेको थियो । यो अनुसन्धानमा ट्रम्पका निकट सहयोगी पनि तानिएका थिए । राष्ट्रपति तर्फपनि अनुसन्धान अघि वढिरहेको थियो ।
 
अमेरिकाकै प्रभावशाली जाँच ब्युरो मानिने एफबीआईमा राष्ट्रपति ट्रम्पको हस्तक्षेपलाई विपक्षी राजनीतिक पार्टी डेमोक्र्याटले विरोध गरेको छ । कोमे सन् २०१६ को राष्ट्रपति निर्वाचनमा प्रमुख दावेदार हिलारी क्लिण्टनको चर्चित इमेल काण्डको छानविनका विषयमा गरेको टिप्पणीले चर्चामा आएका थिए । केही दिन अघि हिलारीले आफू पराजित हुनुमा कोमेको भूमिकापनि एउटा मुख्य कारण भएको सार्वजनिक गरेकी थिइन । तर, हिलारीको इमेल छानविनमा खासै केही नभेटिएको एफबीआईले जनाएको थियो । 
 
आफ्नो १० बर्षे पदावधि सकिनु भन्दा ७ वर्ष अघिनै कोमेलाई राष्ट्रपतिले आफ्नो हस्ताक्षरमा पत्र पठाई मङ्गलवारदेखि कामबाट बर्खास्त गरेको जानकारी दिएका हुन् । बर्खास्त गर्दा दिएको पत्रमा राष्ट्रपति ट्रम्पले  तिन पटकको छुट्टा छुट्टै भेटमा अहिलेको अनुसन्धान म प्रति केन्द्रित छैन भन्ने तपाईँको भनाइलाई म प्रशंसा गर्छु भन्ने उल्लेख छ । राष्ट्रपतिको पत्रमा डिर्पामेण्ट अफ जस्टिसको सल्लाहमा एफबीआईलाई तपाईँले नेतृत्व गर्न असक्षम देखिनुभएकाले हटाईएको उल्लेख छ  । 
 
बर्खास्तको पत्र सार्वजनिक गर्नु अघि राष्ट्रपतिले संसद् भवन क्यापिटल हिलमा यसबारेमा जानकारी गराएका थिए । त्यहाँ उपस्थित मध्ये न्यूओर्कका सिनेटर चक सुक्मरले यसलाई ठुलो गल्ती भन्ने टिप्पणी गरेका थिए । यो टिप्पणीमा ट्रम्पले भने ओ के आई विल सी ।
 
आफूलाई बर्खास्त गरेको निर्णय मिडियामा सार्वजनिक हुदां कोमे लसएञ्जल्समा त्यहाँका एफबीआई कर्मचारीलाई संम्वोधन गरिरहेका थिए । यो सम्बोधनको बेला उनको पछाडि रहेको टेलिभिजन स्क्रिनमा बर्खास्तको ब्रकिगं न्यूज आएको थियो । त्यस बेला हास्दै उनले यो जोक हुन सक्ने बताएका थिए । तर, यसको लगत्तै उनको कार्यालयमा पदबाट हटाईएको पत्र प्राप्त भएको थियो । 
 
एफबीआई गैरराजनीतिक संस्था हो । तर, यसको निर्देशकलाई राष्ट्रपतिलाई हटाउने अधिकार छ । यस अघि सन् १९९३ मा तत्कालीन राष्ट्रपति बिल क्लिण्टनले एफबीआई निर्देशकलाई पदावधि नसकिदंै हटाएका थिए । कोमेलाई पूर्व राष्ट्रपति बाराक ओबामाले नियुक्त गरेका थिए । फोटो साभार: सामाजिक संजाल