मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

बोल्यो अमेरिकी प्रवासी मञ्च

बोल्यो अमेरिकी प्रवासी मञ्च


न्यूयोर्क (अमेरिका) – प्रवासी नेपाली मञ्च अमेरिकाले प्रधान न्यायाधीश सुशीला कार्की माथि कांग्रेस, एमाओबादीले  ल्याएको महाअभियोग प्रस्ताव न्यायालयमाथिको नांगो हस्तक्षेप भएको उल्लेख गर्दै तानाशाही विरूध्द उन्मुख रहेको टिप्पणी गरेको छ ।
 
मञ्चका महासचिव राधाकृष्ण देउजाबाट जारी विज्ञप्तीमा महाअभियोग लगाउने प्रावधान संविधानमा संवैधानिक र न्यायिक निकायमा बस्नेले आफ्नो आग्रह पूर्वाग्रह र निजी स्वार्थको खातिर पदीय दुरुपयोग गर्न नपाउन भन्नको निम्ती रहेपनि अहिले दुरूपयोग गरिएको उल्लेख छ । विज्ञप्तीमा भनिएको छ-  महाअभियोगको प्रावधान अहिले प्रस्ताव गरिएको जस्तो ढङ्गले न्यायपालिकाको हुर्मत लिन र तानाशाही अभ्यासको निम्ती बिल्कुल हैन l'
 
भ्रष्टाचारका ठुला मुध्दाहरूमा जन अपेक्षा अनुसारका फैसलाहरु आइरहेको र इतिहासमै अभूतपूर्व ढंगले न्यायपालिकाको विश्वसनीयता बढिरहेको अवस्थामा दुइ सत्तासिन दलहरूको स्वार्थमा महाअभियोगको प्रकृया बढ्नु प्रजातन्त्रमाथिनै प्रहार भएको विज्ञप्तीमा उल्लेख छ ।
 
बिज्ञप्तीको पुर्ण पाठ यस प्रकार छ ।
 
आदरणीय दाजु भाइ तथा दिदि बहिनिहरु
 
हार्दिक अभिवादन
प्रवासमा रहँदा पनि मातृभूमी नेपाल प्रतिको माया र त्यस प्रतिको जिम्मेवारी वहनमा कुनै प्रकारको कसर नराख्ने सम्पूर्ण नेपालीहरुको परिचय हो।  त्यसै भएको हुनाले जव-जव नेपाल सङ्कटमा परेको हुन्छ तब-तब नेपाललाइ संकट मुक्त गर्न प्रवासी नेपालीहरुले भुमिका खेल्दै आएका छौं , चाहे त्यो माहा विनासकारी भुकम्प होस, वा बढी पहिरो जस्ता प्राकृतिक विपत्ति होस प्रवासी नेपालीहरु नेपाल र नेपालीको दुखमा साथ खडा रहँदै आएको छ।  
 
मुलुकमा जनयुद्धको नाममा रक्तपात पूर्ण हिंशा र सर्वत्र आतंक मच्चाइएको अवस्थामा त्यसको विरोध गर्दै त्यसको शान्तीपूर्ण निकासको खोजीको आवाज उठाउने काम होस वा निरङ्कुश राजाले सुरु गरेको तानाशाही शासनको अन्त्य गर्ने काम हुन यसमा प्रवासी नेपालीहरुको भुमिकालाइ कसैले कम आँक्न सक्ने अवस्थानै छैन। अमेरिकामा रहेका नेपाली समुदायको विचमा लोकप्रिय हाम्रो सँस्थाले उल्लेखित लगायतका थुप्रै नेपाल र नेपाली मैत्री कार्यक्रमहरुको नेतृत्व गर्दै आएको छ भन्ने यहाँहरु सवैलाइ थाहा नै छ।  हाम्रो समुदाय र मातृभुमिको पक्षमा भए गरेका कामहरुको जमेर समर्थन गर्नुका साथै नकारात्मक कामको भण्डाफोर गर्न पनि हामी सदैव क्रियाशील रहँदै आएका छौं।
 
हामी सवैलाइ थाहा छ,अहिले न्यायमूर्तिको रुपमा अविचलित ढङ्गले निष्ठापुर्वक न्याय सम्पादन गर्दै प्रधानन्याधिश भएर निमुखा र पिडितहरुको निम्ती पनि न्याय मरेको छैन भन्ने सन्देश दिन सफल भैरहेकी सम्माननीय प्रधानन्याधिश सुशीला कार्की माथि वर्तामान सत्ता गठबन्धनका मुख्य दुइ घटक दलहरुको साँसदहरुले माहाअभियोग दर्ता गराएको अवस्था छ । कार्यपालिकाले विधि मिचेर , ऐन नियम मिचेर गरेका कामहरुलाइ संविधान र कानुनको कसीमा राखेर हेर्ने , ठिक लाइ बेठिकलाइ बेठिक भन्ने दाइत्व बोकेको न्यायलयले सरकारले जे गरे पनि ठिक भन्नु पर्थ्यो जस्तो हिसावले न्यायले तथ्य प्रमाणको आधारमा गरेका फैसलाहरुलाइ कार्यपालिकाको क्षेत्राअधिकार मिच्न खोजेको ढङ्गको व्याख्या गरेर माहाभियोगलाइ सहि सावित गर्न खोजिदै छ।
 
त्यो पनि त्यस्तो बेला गरिएको छ जुनबेला भ्रष्टाचारका ठुला मुद्दामा जन अपेक्षा अनुसारका फैसलाहरु आइरहेका छन , इतिहासमै अभूतपूर्व ढंगले न्यायपालिकाको विश्वसनीयता बढिरहेको छ, यस प्रति सम्मान बढी रहेको छ ।  माहाभियोग लगाउने प्रावधान संविधानमा व्यवस्था गरिएको त संवैधानिक र न्यायिक निकायमा बस्नेले आफ्नो आग्रह पूर्वाग्रह र निजी स्वार्थको खातिर पदीय दुरुपयोग गर्न नपाउन भन्नको निम्ती हो , अहिले प्रस्ताव गरिएको जस्तो ढङ्गले न्यायपालिकाको हुर्मत लिन र तानाशाही अभ्यासको निम्ती बिल्कुल हैन l हाम्रो मातृभुमि नेपालमा भैरहेको यो तानाशाही कदमले हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ ।
 
लोकतन्त्र, कानुनि शासन , शक्ती पृथकीकरणको सिद्धान्तको विश्वासयोग्य अभ्यास सहितको संवैधानिक सर्वोच्चता र मानव अधिकारको पक्षधर हाम्रो सँस्था अहिले सम्माननीय प्रधानन्याधिश विरुद्ध दर्ता गरिएको माहाभियोग प्रस्तावलाइ तानाशाही उन्मुख कदम ठहर गर्दछ र यो कदमको निन्दा र भर्त्सना गर्दछ ।  साथै यस गलत प्रस्ताव फिर्ता लिन प्रस्तवाकहरुसंग आग्रह गर्दै यस कदमको विरुद्ध चालिने सम्पूर्ण न्यायिक र शान्तिपूर्ण कदम प्रति ऐक्यवद्धता प्रकट गर्दछ । साथै यस निन्दनीय कदमको विरुद्ध एकतावद्ध हुन सवैलाइ अनुरोध गर्दछ ।
 
धन्यवाद सहित
राधाकृष्ण देउजा
महासचिव
प्रवासी नेपाली मंच अमेरिका
 

शेयर गर्नुहोस:

0
Shares