मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

वासिङ्टनमा नेपाली वाणिज्य दूतावास उद्घाटन

वासिङ्टनमा नेपाली वाणिज्य दूतावास उद्घाटन


सियाटल वासिङ्टन, नेपाल सरकारद्धारा अमेरिकाको वासिङ्टन स्टेटको सियाटलका लागि नियुक्ति एसी शेर्पाद्धारा स्थापना गरिएको अवैतनिक वाणिज्य दूतावासको कार्यलय आज उद्घाटन भएको छ । नेपालका लागि अमेरिकी राजदूत डा अर्जुन कार्की र सिटी अफ रेडमण्डका मेयर जोन मर्सिनले सियाटलको रेडमण्डमा स्थापना गरिएको कार्यलयमा संयुक्त रूपमा रिबन काटेर उद्घाटन गरेका थिए ।
कार्यलय उद्घाटन समारोहमा राजदूत डा कार्कीले सियालटल नेपाली दूतावास रहेको वासिङ्टन डिसीबाट निकै टाढा भएकोले चाहाना भएर पनि दूतावासले सजिलै आवश्यक सुविधा दिन सम्भव नहुँदा अबका दिनमा त्यो अभाव नहुने गरी काम गर्न वाणिज्यदुत शेर्पालाई निर्देशन दिनु भयो ।
 
नेपालीको समुदाय बढेसंगै बढ्दै गएको चुनौतीका कारण दूतावासले गर्ने काम एकातिर हुँदा हुँदै पनि स्थानीय संघसस्थालाई आपसमा मिलेर काम गर्न आग्रह गरे ।
 
राजदूत कार्कीले नेपालमा रहेका समुदायलाई मिलेर काम गर्न र राजनीतिक रूपमा विभाजित नहुँन आग्रह गर्दै भने राजनीति नै गर्न परेपनि अमेरिकी राजनीति गर्दा नेपाल र नेपालीका लागि मदत पुग्ने भएकोले अमेरिकामा बसेर नेपाली राजनीति गरेर समुदायलाई विभाजित नगरी एकताबद्ध हुनुपर्नेमा जोड दिए । सोही कार्यक्रममा राजदूत कार्कीले आज र भोलि सियाटलमा नेपाली राजदूतावासबाट उपलब्ध हुने सबै सेवा सुविधा लिन सकिने डेक्स स्थापना गरिएको जानकारी दिँदै दूतावासको डेक्स स्थापनाबाट लाभान्वित हुनु समुदायलाई आव्हान गरे ।
 
नवनियूक्त वाणिज्यदुत शेर्पाले आफूले यस अघि पनि समाज सेवामा निकै समय खर्चेकोे बताउँदै नेपाल सरकारले दिएको जिम्मेवारीको अक्षरस पालना गर्ने र समुदायका लागि थप काम गर्न प्रेरित गरेको बताउँदै नेपाल सरकारका लागि दुतका रूपमा काम गर्ने प्रतिबद्धता प्रकट गरे ।
 
सोही उद्घाटन समारोहमा रेडमण्डका मेयर जोन मस्र्यानीले नेपाली सुमदायको सङ्ख्या बढे सँगै उनीहरूका लागि वाणिज्य दूतावास स्थापना हुनु खुसीको कुरा भएको बताउँदै नेपाली समुदायलाई आईपर्ने सबैखाले समस्या समाधान गर्न सिटी अफिस तयार जानकारी दिए । वाणिज्यदुत शेर्पाले यसअघि पनि समुदायका लागि काम गर्दै आएकोले आगामी दिनमा नेपाली समुदायका लागि सक्दो सहयोग गर्ने उनले जानकारी दिए ।
 
एनआरएन अमेरिकाज् क्षेत्रका क्षेत्रीय संयोजक सोनाम लामालाई एनआरएन अभियानमा गरेको योगदानको कदर गर्दै सम्मान गरिएको थियो । क्षेत्रीय संयोजक लामाले भूकम्पपछिको पुर्ननिमाणको अभियानमा गरेको योगदान, एनआरएन भवन निर्माण गरिएको योगदान, विभिन्न क्षेत्रका नेपालमा लगानी गरेको भन्दै एनआरएन अभियानमा दिएको योगदानको मूल्याङ्कन स्वरूप सम्मान गरिएको थियो । सम्मानित लामाले कार्यक्रममा मन्तव्य वाणिज्यदुत शेपालाई सरकारले दिएको सम्मानप्रति खुसी व्यक्त गर्दै उनको सम्मानले एनआरएनको पनि सम्मान भएकोमा खुसी प्रकट गरे । आफूलाई दिएको सम्मानले समुदायप्रतिको दायित्व बढेको बताउँदै उनले आगामी दिनमा थप काम गर्ने वचनवद्धता प्रकट गरे ।
 
कार्यक्रममा एनआरएन अमेरिकाका अध्यक्ष डा केशव पौडेलले नेपालीहरू अमेरिकामा बढी रहेको सन्र्दभमा समुदायहरुबीच जातजाती भाषाभाषी र वर्ग भन्दामाथी उठेर  एकताबद्ध भए मात्रै उपलब्धि हासिल हुनेमा जोड दिए । नेपाली समुदायलाई एकतावद्ध गर्नका लागि एनआरएन अमेरिका पुल बन्न तयार रहेको बताए । अमेरिकमा पहिलो पुस्ताले जति सङ्घर्ष गरेर आफ्नो भावी पुस्ताका लागि पनि सकारात्मक काम गर्न जरुरी रहेकोमा जोड दिँदै डा पौडेलले अमेरिकामा एक हजार नेपाली डाक्टरहरु कार्यरत रहेको बताउँदै जे जति नेपाली भए पनि यहाँबाट कमाएको आर्थिक उपलब्धि र सीप देशका लागि नै हुने बताए । एनआरएन अभियान मुलुकका लागि निकै फलदायी हुने भएकोले यस अभियानमा प्रवासमा रहेका सबै नेपालीहरू समाहित हुनु जरुरी रहेको बताए ।
 
कार्यक्रममा सियाटल सिटीका काउन्सिलर एवं नेपाल सियाटल सोसाईटिका संस्थापक अध्यक्ष मोहन गुरुड, नेपाल सियाटल सोसाईटिका अध्यक्ष गणेश सिवाकोटीले अबको दिनमा नेपाली समुदायका लागि सियाटलमा वाणिज्य दूतावास स्थापनाले नेपाली समुदायका लागि सुविधा हुने बताउँदै नेपाल सरकारले वाणिज्य दुत शेर्पालाई गरेको नियुक्तिप्रति सरकारलाई धन्यवाद दिए ।
 
विश्वको सातवटै महादेशको उच्च शिखर आरोहण गरेका शेर्पाले सेभेन समिट फाउण्डेसनमार्फत नेपालको सोलुुखुम्बु र सिन्धुपाल्चोक जिल्लमा स्वास्थ्य र शिक्षाकास समाजसेवा गर्दै आएका छन् । सो कार्यमक्रममा वाणिज्य दुत शेर्पाले सोलुखुम्बुकोृ तिंग्लामा सामुदायिक भवन निर्माणका लागि लागि एसी शेर्पाले ४५ सय डलर अर्थात् ४ लाख ५० हजार नेपाली रुपिया सहयोग हस्तान्तरण गर्नु भयो ।
 
साथै कार्यत्रममा अमेरिकाका लागि नेपाली दूतावासका आर्थिक दुत कैलास राज पोख्रेलले लागनीको अवसर र नेपाल अमेरिकाबीचको विविध सम्झौताका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । 
 

शेयर गर्नुहोस:

0
Shares