मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

लसएन्जल्समा पुर्व एअाइजिपी शाहसँग छलफल

लसएन्जल्समा पुर्व एअाइजिपी शाहसँग छलफल


लसएन्जलस (अमेरिका) । हाल अमेरिका भ्रमणमा रहेका नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक सुरेन्द्रबहादुर शाहसँग नेपाली समुदायले शुक्रबार छलफल गरेका छन् । 
 
लसएन्जल्सको अार्टेसियास्थित तारा हिमालयन कुजिन आर्टेशियामा लसएन्जल्सबासी पत्रकारहरुको पहलमा छलफल अायोजना गरिएको हो । शाहलाई सम्पुर्ण लसएन्जल्बासी नेपाली समुदायको तर्फबाट सिटी अफ अार्टेशियाको प्लानिंग कमिश्नर एवं पशुपति फ़ाउन्डेशनको अध्यक्ष भक्त थापाले स्वागत गर्दै लसएन्जल्समा रहेको नेपाली समुदायको बारेमा समग्रमा जानकारी दिएका थिए ।
 
सो कार्यक्रममा पत्रकारहरु सुदिप पन्त, शंकर वाग्ले, एनआरएन क्यालिफोर्निया च्याप्टरको उपाध्यक्ष रामबावु पाण्डे, नेपाल अमेरिका एकता समाजका अध्यक्ष सुर्य प्रसाई र सामाजिक अभियान्तहरु बलराम थापा, इन्दिरा त्रिपाठी लगायतका व्यक्तित्वहरुको सकृय सहभागिता थियो ।
 
कार्यक्रममा पुर्व प्रहरी अतिरिक्त महानिरिक्षक शाहले प्रहरी संगठनमा रहेर आफ्नो  ३० बर्षे कार्यकालमा विताएका महत्वपूर्ण अनुभवहरूका बारेमा जानकारी दिएका थिए । उनले अहिले प्रहरी संगठनभित्र अहिले भैरहेको नाज़ुक अबस्थाले आफुलाई दुखित तुल्याएको उल्लेख गर्दै अहिलेको शिक्षाको गुणस्तरको विकास र राजनैतिक अस्थिरताको सुधार गर्नु  शिक्षा नै मुल आधार भएकोले  अबको बाक़ी समयलाई ग्रामीण भेगको शिक्षा विकासमा लाग्ने प्रतिबध्दता समेत ब्यक्त गरेका थिए ।
 
सो कार्यक्रम सामान्य तथा छोटो  भएतापनि प्रभावकारीमुलक एवं उपयोगी भएको स्थानीय प्रतिकृया थियो ।
 

शेयर गर्नुहोस:

0
Shares