मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लङमन्टमा निःशुल्क योग प्रशिक्षण शिविर संन्चालन हुने

लङमन्टमा निःशुल्क योग प्रशिक्षण शिविर संन्चालन हुने


लङमन्ट  स्थित हिमालयज लायन्स क्लबको आयोजनामा आगामी अप्रिल ३० तारीकका दिन “तपाईका लागी योग जीवन र खानपान” बिषयक निःशुल्क योग प्रशिक्षण शिविर सञ्चालन हुने भएको छ ।
 
अहिलेका चर्चित योगगुरु डा. राजु अधिकारीको उपस्थितिमा लङमन्ट स्थित एभरेष्ट रेष्टुरेण्टमा अप्रिल ३० आइतबारका दिन दिउसो १२ बजे देखी ३ बजे सम्म योग प्रशिक्षण हुने हिमालयज लायन्स क्लबका सचिव प्रमोद श्रेष्ठले बताएका छन् ।
 
अधुनिकताको विकास सँगै खानपान र जीवन शैली परिवर्तन हुँदा मानिसलाई प्रेसर,सुगर लगायत विभिन्न किसिमका रोगले सताउने समस्या दिन प्रतिदिन बढ्दै गएको कारण “तपाईका लागी योग जीवन र खानपान”  बिषयक शिविर सञ्चालन गर्न लगिएको सचिव श्रेष्ठले प्रष्ट्याएका छन् ।
 
मानव चेतना र योग विज्ञान विषयमा भारतको हरिद्धार स्थित देव संस्कृति विश्व बिद्यालयब्ँँट बिद्यावारिधी गरेका डा.राजु अधिकारीले मनुष्य जीवनका अनेक आयाम सँग संम्बन्धित रहेर नेपालमा योग संम्बन्धि विभिन्न कार्यशाला, गोष्ठी, जनचेतना तथा जनजागरण अभियान सञ्चालन गर्दै आइरहेका छन् । उनै योग गुरु लङमन्ट आउन लागेका हुनाले यस अवसरको सदुपयोग गर्न ईच्छुक सबैलाई हिमालयज लायन्स क्लबले आ≈वान गरेको छ ।