पृथ्वी दिवसको अवसर पारेर कोलोराडोमा सक्रिय हिमालयज लायन्स क्लब लङमन्ट तथा यूनीभर्सल पिस क्रेर्टसको संयुक्त आयोजनामा आइतबार एक रमणीय पार्कमा बृक्षरोपण कार्यक्रम सम्पन्न भयो ।
लङमन्टको स्थित म्याकिन्टस् पार्कमा सम्पन्न बृक्ष रोपण कार्यक्रममा विभिन्न जातका ८ वटा रुखहरु रोपिएका हुन् । रोपिएका विभिन्न रुखहरु सिटी अफ लङमन्टले हिमालयज लायन्स क्लब लङमन्टलाई डोर्नेसन गरेको हो ।
बृक्षरोपण कार्यक्रममा लायन्सका ६ नर्थ ईष्टका डिष्टीक ग्वोवल मेम्बरसिप चेयरपर्शन देवमण्डल हल, हिमालयज लायन्स क्लबका अध्यक्ष जोशन श्रेष्ठ, प्रथम उपाध्यक्ष प्रेमकाजी श्रेष्ठ, सचिव प्रमोद श्रेष्ठ, अमेरिकन हैडखान समाजका प्रतिनिधि अजय प्रधान, कम्यूमीकेसन अफीसर नातीबाबु भट्ट, नरकुबेर राइर्, सुनिता राई लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
अमेरिकाको नियम अनुसार सर्बजानीक स्थानमा बृक्षरोपण गर्दा स्थानीय सिटीको अनुमतिमा मात्र गर्न सकिन्छ । उनीहरूले कुन ठाउँमा कुन जातका बिरुवा लगाउने भनेर अनुमति दिएपछि मात्र बृक्ष रोपण कार्यक्रम गरिएको हो ।
प्रतिक्रिया