मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

नेजस अमेरिकाको नेतृत्व नोभम्वर महिनामा परिवर्तन हुने

नेजस अमेरिकाको नेतृत्व नोभम्वर महिनामा परिवर्तन हुने


हिमालयखवर संवाददाता
भर्जिनिया(अमेरिका)- नेपाली जनसम्पर्क समिति (नेजस) अमेरिकाको शनिवार भर्जिनियामा भएको साधारण सभाले अधिवेशन नोभेम्वर महिना भित्र गर्ने लगायत संस्थालाई नयाँ ढंगवाट अघि बढाउन विभिन्न निर्णय गरी सम्पन्न भएको छ । 
 
'हामीले यो साधारण सभालाई एतिहासिक भनेका थियौं यस अनुसारनै भयो' सभापति आनन्न विष्टले हिमालयखवरसँग भने -'संस्थाका वारेमा विश्लेषण मात्र होइन भविष्यमा कसरी नेजस अमेरिकालाई अगाडी लैजाने कस्तो नीति रणनीति लिने भन्नेमा पनि निर्णयहरु भएका छन् ।' 
 
साधारण सभाले अमेरिकामा च्याप्टर अधिवेशन सेप्टेम्बरमा सम्पन्न गर्ने र नोभेम्बरमा अधिवेशन गरी नयाँ नेतृत्व चयन गर्ने निर्णय गरेको हो । सभापति विष्टको कार्यकाल नोभेम्वरमा सकिन्छ । उनले पुन नदोहोर्याउने बताईसकेका छन् । साधारण सभामा पनि यो जानकारी दिएका थिए । 
 'जयनेपाल' नामक स्मारिकाको  विमोचन 
साधारण सभाले टेक्सस अधिवेशन र यस अघिको वित्तीय हरहिसाबका बारेमा छानविन गर्न समिति गठन गरेको छ । यस अघिका नेजस संयोजकले टेक्सस अधिवेशन अघिको हरहिसाब पारदर्शी रुपमा नबुझाएको विषय बारम्बार उठीरहेको छ । पार्टीका कृयाशील सदश्य, च्याप्टर सदश्यवाट के कति पैसा उठ्यो कति खर्च भयो यो नबुझाएको हुँदा छानविन समिति गठन गरिएको विष्टले जानकारी दिए । 
 
'त्यसवेला बैंकवाट कारोवार गरेको देखिदैंन' विष्टले भने -'यो छानबिन समिति गठन कसैप्रति लक्षित होइन तर, संस्थालाई पारदर्शी वनाउने प्रयास हो, कुनै पनि कार्यकालको पनि हरहिसाव यसरी छानविन हुन सक्छ भन्ने पनि हो ।' उक्त छानविन समितिका संयोजकमा अमृत भट्टराइ छन् । 
साधारण सभाले नेजस अमेरिकालाई सामाजिक संस्था ५०१ सी अनुसार राख्ने वा अर्कोमा दर्ता गर्ने भन्ने सुझाव दिनका लागि समिति गठन गरेको छ । कानुन विभाग प्रमुख पिताम्बर भुसालको संयोजकत्वमा गठीत तीन सदस्यीय समितिमा वरिष्ठ उपाध्यक्ष धनन्जय नरसिंह केसी र विनोद भट्ट सदस्य छन् । 
 
नेजसलाई राजनीतिक अधिकारका लागि कृयाशील संस्थाको रुपमा लैजाने वर्तमान नेतृत्वका चाहना छ । केही सदस्यहरूले नेपाली कांग्रेसको भातृसंस्थाकै रूपमा राखिराख्नुपर्ने प्रस्ताव गरेका छन् । 
 
'अमेरिकाको कानुन र नेपाली कांग्रेस पार्टीको नीतिलाई विश्लेषण गरि कुन रुपमा नेजस अमेरिकालाई राख्नु उपयुक्त हुन्छ यसबारेमा उक्त समितिलाई प्रतिवेदन दिन भनिएको छ' विष्टले भने । 
 
साधारण सभामा नेजस अमेरिकाका विभिन्न राज्यमा रहेका २७ च्याप्टरको सहभागिता थियो । यो सभामा नेजस अमेरिका प्रति धेरैको विश्वास रहेको मैले देखें विष्टले भने यसले हामीलाई अझ वढी जिम्मेवारी बोध गराएको छ । 
सभामा नेपालवाट आएका नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा मन्त्री जीवन शाही, नेपाली राजदुत डा. अर्जुनकुमार कार्की, स्थानिय कांग्रेसम्यान (प्रतिनिधि सांसद) नेपालका लागि पुर्व अमेरिकी राजदुत स्कट डेलिसी, महावाणिज्यदुत प्रेमराजा महत, वाणिज्यदुत कृषु क्षेत्री, एनआरएन अमेरीका अध्यक्ष डा.केशव पौडेल लगायतको सहभागिता थियो । 
 
एक दिने उक्त सभामा कोषाध्यक्षको प्रतिवेदन पारित भएको छ । कोषाध्यक्ष प्रतिवेदन पारित गरेर भुकम्प पीडितका लागि उठाईएको रकमका बारेमा विवाद सकिएको विष्टले वताए ।
 
यो साधारण सभामा देखिएको उत्साह र सहभागिताले संस्था भित्र कुनै विवाद छैन भन्ने मेरो दावीलाई पुन पुष्टि गरेको छ विष्टले भने एक दुई जनाले फरक मत राख्दैमा यो विवाद होइन । 
 
उक्त साधारण सभामा पुर्व संयोजक विष्णु सुवेदी लगायत भने सहभागी भएनन् । सुवेदी पक्षधरले प्रतिनिधि भेला आव्हान गरेका थिए । तर, अन्तिम समयमा पार्टी महासचिवको आग्रहका रध्द गरेको सुचना दिएका थिए । 
नेपाली समुदायसँग नजिक रहेका सकृय रुपमा कार्यगरे वापत सम्मान 
केन्द्रिय सदस्य तथा नेजस अमेरिकाका प्रभावशाली हरिबोल भण्डारी भने नेपाल भएका कारण अनुपस्थित थिए । भण्डारी नेपालमा स्थानीय निर्बाचन पार्टीको काममा सकृय छन् । उनी पार्टीको प्रचार कार्यक्रममा नेपालका विभिन्न स्थानमा देखिएका थिए । 
 
सभाले नेपालमा हुन लागेको स्थानिय निर्वाचनमा पार्टीलाई जिताउन सकृय हुने निर्णय पनि गरेको छ । यस्तै नेपालको आर्थिक र समाजिक विकासमा पनि नेजसलाई सकृय बनाउने वारेमा पनि सभाले निर्णय गरेको विष्टले जानकारी दिए । 
 
साधारण सभामा नेपाली समुदायसँग नजिक रहेका सकृय रुपमा कार्य गरे वापत कानुन विज्ञ खगेन्द्र जीसी, रक्तदाता अर्जुन मैनाली लगायतलाई सम्मान गरिएको थियो । त्यस अवसरमा अमेरिकामा रहेर खेलकुदको क्षेत्रमा नेपाललाइ चिनाउने भारतोलनका खेलाडी रूप कार्की र कराँतेका उज्ज्वल ठकुरी, प्रजातन्त्र सेनानी गणेशबहादुर कार्कीलाइ समेत सम्मान गरिएको थियो ।
 
सोही अवसरमा जनसम्पर्क समिति अमेरिकाले प्रकाशित गरेको 'जयनेपाल' नामक स्मारिकाको समेत विमोचन गरिएको थियो ।

शेयर गर्नुहोस:

0
Shares