मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

क्यान्सर पीडित नेपालीको सहयोगमा जाग्यो ह्युस्टन अमेरिका

क्यान्सर पीडित नेपालीको सहयोगमा जाग्यो ह्युस्टन अमेरिका


अप्रिल महिनाको २१ तारिख शुक्रवार राती, ह्युस्टनका सहयोगी नेपालीहरू स्वतस्फुर्त रूपमा जागेको समय थियो । नेप्लिज एसोसिएसन अफ ह्युस्टनको छोटो  सूचनाको आह्वानमा  आयोजित त्यो भेला  एउटा नेपाली युवालाई परेको आकस्मिक व्यथामा मल्हम लगाउने उदेश्यले  आयोजित थियो । 
 
विगत १५ वर्ष ह्युस्टनमा बिताएका र हालसालै कोलोराडो सरेका सुभान्जन दुवा अहिले क्यान्सर रोगबाट पीडित भएको समाचारले यहाँको नेपाली समुदाय चिन्तित थियो । आफ्नो समुदायको जल्दो बल्दो ३० वर्षीय युवालाई उपचारमा आर्थिकरुपले सहयोग पुर्‍याउन त्यसैले "फण्ड रेजिङ डिनर" को आयोजना गरिएको थियो 
 
सुभान्जन Synovial Sarcoma cancer  बाट ग्रसित छन् । कोलोराडोस्थित पार्कर एड्भेन्टिस्ट हस्पिटलमा उनको उपचार भइरहेको छ । 
 
सङ्गीत र शारीरिक सुगठनका शौखिन सुभान्जन ह्युस्टनका नेपाली युवाहरूलाई स्वस्थ्य जीवनशैली अपनाउन उत्प्रेरित गर्ने युवा हुन् । नेप्लिज एसोसिएसनका प्राय कार्यक्रममा उनको साङ्गीतिक प्रस्तुति हुन्थ्यो । 
सुभान्जन दुवा :अहिले Synovial Sarcoma cancer  बाट ग्रसित छन् 
 
शुक्रवार आयोजित फन्ड रेजिङ डिनर त्यसैले साङ्गीतिक एवम् साहित्यिक बनाइएको थियो । खर्च काटेर कार्यक्रमबाट उठेको  सबै रकम १० हजार डलर सुभान्जनको उपचारमा प्रदान गरिएको जानकारी एसोसिएसनका कोषाध्यक्ष रविन श्रेष्टले दिए । 
 
असाध्यै छोटो सूचनामा पनि उल्लेख्य सङ्ख्यामा कार्यक्रममा नेपालीहरू उपस्थित थिए ।  यहाँको नेपाली समुदायमा यसप्रकारको फन्ड रेजिङ डिनर पहिलो मानिएको छ । शुक्रवारको साङ्गीतिक साँझमा एसोसिएसनका अध्यक्ष ज्योति घिमिरेले कार्यक्रमको बारेमा प्रकाश पारेका थिए । 
 
जनक थापाको संयोजनमा भएको सो कार्यक्रममा साइ लामा, विमल भट्टचन, चेज गुरुङ,  प्रतिमा सेढाई, राजु बुढाथोकी, रचना रौनियारले गीत प्रस्तुत गरेका थिए । त्यसै गरी सन्जीब श्रेष्ठ, लिण्डा श्रेष्ठ, राजीव पराजुली, ज्योत्स्ना पराजुली, श्रीमानश्रीमती विष्णु  नेपाल, अमित गिरी, राजकुमार थापा, श्रियजीत बाँस्कोटा, देव लामा, सन्जिव राई,  सतीश त्रिपाठी, नयना अमात्य अ भिषेक कार्की, समीर बराल, प्रतिभा सापकोटा, रक्षा कर्माचार्य र उमा मंत्रावदीले पनि गीत गाएका थिए । 
 
एसोसिएसनका सल्लाहकार राजेन्द्र श्रेष्ठ, तारा बराल र अध्यक्ष ज्योति घिमिरेले समेत गीत गाएर साङ्गीतिक भेलालाई हौसला प्रदान गरेका थिए । कार्यक्रममा मुना पौडेलले कविता र बिटु केसीले मुक्तक सुनाएका थिए ।

शेयर गर्नुहोस:

0
Shares