मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

जनसम्पर्क समिति अमेरिकाको साधारणसभा भर्जिनियामा शुरु भएकोछ

जनसम्पर्क समिति अमेरिकाको साधारणसभा भर्जिनियामा शुरु भएकोछ


हिमालयखवर संवाददाता
भर्जिनिया(अमेरिका)-  नेपाली जन सम्पर्क समिति अमेरिकाको प्रथम साधारणसभा भर्जिनियामा सुरु भएको छ । खानेपानी मन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य जिवनबहादुर शाहीको प्रमुख आतिथ्यमा सुरु भएको कार्यक्रममा अमेरिकाका विभिन्न राज्यबाट आएका प्रतिनिधिहरूको बाक्लो सहभागिता भएको छ। सभाको सभापतित्व सभापति आनन्द विष्टले गरेका छन् भने कार्यक्रममा भर्जिनिया भेकका चर्चित तथा राजनैतिक दलका बिदेशीहरुलाई पनि आमन्त्रण गरिएको छ ।
 
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको लिखित शुभकामना सन्देश पढेर सुनाइएको कार्यक्रममा कांगेसम्यान बब ह्विटमेन, अमेरिकाका लागि नेपाली राजदूत डाक्टर अर्जुन कार्की , नेपालका लागि पूर्व अमेरिकन राजदूत स्कट डेलेसी, परराष्ट मन्त्रालयका अवैतानिक सल्लाहकार खग्रेन्द्र क्षेत्री, महावाणिज्यदुत प्रेमराजा महत, वाणिज्यदुत कृषु क्षेत्री, एनआरएन अमेरीका अध्यक्ष डा.केशव पौडेल लगायतका आतिथ्यता रहेको छ । 
 
साधारणसभा गर्ने या नगर्ने विषयमा केही मतभेद देखिएको जन सम्पर्क समितिको साधारणसभाले विधान संशोधनका साथै आगामी वर्ष हुने अधिवेशनको समय र स्थानको समेत तय गर्ने जनाइएको छ । 
 
शनिवार बिहान १० बजे सुरु भएको साधारणमा सभामा अहिले विभिन्न क्षेत्रका व्यक्तिहरूले शुभकामना मन्तव्य दिइरहेका छन् ।
 
यसैबिच पूर्व संयोजक विष्णु सुबेदी लगायतले न्यूयोर्कमा गर्ने भनिएको डेलिगेट्स भेला भने अन्तिम समयमा आएर महामन्त्री शंसाक कोइरालको अनुरोधमा स्थगीत गरिएको जनाएका छन् ।
तस्बिर: गोकुल ढकाल 

शेयर गर्नुहोस:

0
Shares