हिमालयखवर संवाददाता-
कोलोराडो(अमेरिका) । कोलोराडो डेनभर स्थित सिभिक सेन्टर स्थित पार्कमा बिहीबार हज्जारौंले गाँजा ताने । त्यहाँ शिबरात्रीको समयमा काठमाडौँ पशुपतिमा लाग्ने मेला जस्तो थियो । बुंगबुंग्ती धुवाँ उडिरहेको थियो। डेभनरमा प्रत्येक वर्ष अप्रिल २० अर्थात ४/२० मा मनाइने गाँजा तान्ने वार्षिक कार्यक्रम र्याली अन्तर्गत हज्जारौं सहभागी त्यहाँ भेला भएका थिए ।
हल्का पानी परिरहेको थियो तर, पनि सहभागीको उत्साहमा कमी थिएन । साढे चार बजे सुरु भएको उक्त कार्यक्रम स्थलमा भित्र जान लामो लाइन लागेको थियो । कार्यक्रम स्थललाई प्रहरीले व्यापक सुरक्षा दिएको थियो । भित्र गाँजा, सिसा पाइप लगायतका विक्रेताहरु पैसा बनाइरहेका थिए ।
कोलोराडोमा गाँजा किन्न र तान्न गैरकानुनी हुदैं देखि ११ वर्ष अघि उक्त कार्यक्रम सुरु भएको थियो । ११ वर्ष अघिको उक्त दिनको सम्झना गर्दै द डेनभर पोष्ट लेख्छ -'त्यो समय पनि थियो जुन वेला गाँजा विक्रेता थिएनन, गाँजाको बारेमा समाचार आउदैनथे, यसबारेमा डकुमेण्ट्री पनि बनेका थिएनन तर, पनि त्यसवेलाको नियम कानुनको विरोध गर्न आजकै दिन यस्तो र्याली आयोजना गरिएको थियो । त्यहाँ संघिय र राज्यको कानुन नियमको विरोध गर्न सयौंको संख्यामा मात्र सहभागी थिए ।'
तर, यो विहिवारको अवस्था निकै फरक छ । २५० भन्दा वढी विक्रेता त्यहाँ गाँजा विक्री गरिरहेका थिए । हज्जारौंले त्यहाँ गांजा तानेर आफ्नो स्वतन्त्रता उपयोग गरेको दावी गरे । कोलोराडोमा अहिले गांजा उत्पादन गर्न, किन्न र तान्न वन्देज छैन । कोलोराडो गांजालाई यस्तो मान्यता दिने अमेरिकामा पहिलो राज्य हो ।
यस वर्ष देखि अन्य केही राज्यमा पनि गांजा माथि वन्देज हटेको छ । तर, पनि सार्वजनिक स्थानमा भने गाँजा तान्न पाइदैन । बर्षको एक पटक केही घण्टाका लागि त्यहाँ छुट दिईएको हो ।
कोलोराडोको सवैभन्दा वढी विक्री हुने पत्रिका द डेनभर पोष्टले यसलाई बिहीबार र शुक्रवार अङ्कमा मुख्य समाचार बनाएको छ । अहिले वासिङ्टन प्रशासन गाँजाको प्रयोग माथि अंकुश लगाउने पक्षमा देखिएको छ । यहाँ यसको पनि विरोध भइरहेको छ ।
डेनभर पोष्टले याहु न्यूज र मारिष्ट युनिर्भसिटीको अध्ययनलाई उदृत गर्र्दै विहिवारको अङ्कमा दिएको तथ्याङ्क अनुसार ३ करोड ३० लाख वयस्क अमेरिकनले प्रत्येक महिना कम्तीमा पनि एक पटक गांजा खाने गरेका छन् । उक्त अध्ययन अनुसार ७ करोड वयस्कले एक पटक गांजा तानेपनि हाल लिदैंनन् । अमेरिकामा वयस्कको ठुलो सङ्ख्या ११ करोड ५० लाख भने गांजा देखि टाढानै छन् । २ करोडले भने वर्षको एक पटक गांजा लिने गरेका बताउँछन् ।
विशेष गरी विभिन्न क्यान्सर, डिप्रेसन, शरिरिक दुखाई जस्ता बिरामी जसले लठ्याउने औषधी खानु पर्छ उनीहरूलाई गांजा उपयोग गर्न दिनु पर्छ भन्ने सुरुमा माग थियो । अहिले यसबाट माथि उठेर गांजा लिदां शरीरलाई हानी गर्छ या गर्दैन भन्नेपनि अमेरिकामा बहस भईरहको छ । तर, गाँजाको पक्षमा जनमत भने तयार भइरहेको छ । तर, पनि यस्ता बिरामीलाई गांजा दिनु उपयुक्त हुन्छ भनिएको छ ।
गांजा धुमपान हो यो पियर विग्रेका होमलेस भएका पनि थुप्रै छन् । केही नेपाली युवाहरू पनि यहाँ गांजा पिएर जीवन वर्वाद पारेका उदाहरण छन् । सावधान, गाँजाले पनि नशा दिन्छ लठ्याउंछ । यो पिउंदा तपाईँ तपाईँको व्यक्तिगत र समाजिक जीवन बर्वाद पनि हुन सक्छ । परिवारमा चिन्ता बढ्न सक्छ । कुनै धुमपानवाट टाढा वस्नुनै बेस । फोटो साभार:द डेनभर पोष्ट









प्रतिक्रिया