मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

अमेरिकाले अफगानिस्तानमा अहिलेसम्मकै शक्तिशाली बम प्रहार गर्‍यो (भिडियो सहित)

अमेरिकाले अफगानिस्तानमा अहिलेसम्मकै शक्तिशाली बम प्रहार गर्‍यो (भिडियो सहित)


हिमालयखवर संवाददाता
अमेरिकाअमेरिकाले अफगानिस्तामा कट्टरपन्थी आतंकारीका  विरुद्ध अहिलेसम्मकै सबैभन्दा शक्तिशाली गैर परमाणु बम प्रहार गरेको छ । मदर अफ अल बम्स नाम दिइएको उक्त बम आईएसआईएसका विरुद्ध पाकिस्तान अफगानिस्तान सीमा क्षेत्र नंगरहार प्रान्तमा प्रहार गरिएको सञ्चार संस्था सीएनएनले जनाएको छ । 
 
साँझ साढे सात बजे आईएसआईएसले उपयोग गरेको सुरगंमार्ग ध्वस्त बनाउन उक्त बम प्रहार गरिएको हो । ३० फिट लामो र २१ हजार ६ सय पाउण्ड ९९ हजार ७ सय ९७ किलो० तौल भएको उक्त बम जीपीएस प्रविधिबाट सञ्चालित हुन्छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बम प्रहार पछि यसलाई अर्को सफल कार्य भनेका छन् । 
 
 
उक्त बम एमसी १३० जहाजवाट झारिएको अमेरिकी रक्षा विभाग पेन्टागनले जनाएको छ । एयर फोर्स विशेष अपरेशन कमाण्डले उक्त बम प्रहारमा संलग्न थियो । यो आईएसआईएसको सुरुगं र गुफा कम्प्लेक्स ध्वस्त पार्न केन्द्रित रहेको पनि सम्बद्ध अधिकारीले जनाएका छन् । 
 
अफगानिस्तानका सरकारी अधिकारीहरूले भने यस्तो बम प्रहारको आफुहरुलाई कुनै जानकारी नभएको जनाएका छन् । राष्ट्रपति ट्रम्पले भने यो बम प्रहारको आदेश आफूले दिए नदिएको  बारेमा केही प्रतिक्रिया दिएका छैनन् । 
 
यो बम इराक युद्धका बेला विकसित गरिएको थियो । ठुलो विस्फोट गराउन सक्ने क्षमताको यो बम अफगानिस्तानमा अमेरिकी सेनाले पहिलो पटक प्रयोग गरेको हो । बम प्रहार गर्न अफगानिस्तानमा अमेरिकी सेनाका कमाण्डर जनरल जोन निकोल्सनले लिखित हस्ताक्षर सहित आदेश दिएका थिए । यसले के कति क्षति पुग्यो यसको विवरण आएको छैन । रक्षा स्रोतले यसबारेमा प्रतिवेदन बनाइरहेको जनाइएको छ । 
 
यो बम प्रहारको समाचार सार्वजनिक भए लगत्तै अमेरिकाको अर्थतन्त्रमा प्रभाव देखिएको छ । मुख्य सेयर बजार बिहीबार १ सय ३८ अङ्कले तल झरेर बन्द भयो । सेयर कारोबारको अन्तिम तिर बजार तीव्र गतिले तल झरेको थियो । 
 
अमेरिका विदेशमा सक्रिय हुदैंन भन्ने चुनावी नारालाई राष्ट्रपति ट्रम्पले बिस्तारै परिवर्तन गर्दै लगेको सङ्केतको रूपमा यो कारबाहीलाई हेरिएको छ । यसबाहेक सिरियामा मिसाइल प्रहार, नाटो प्रति ट्रम्पको धारणामा परिवर्तनलाई यस्तो सङ्केतका रूपमा हेरिएको हो । तस्बिर: सामाजिक संजाल 

शेयर गर्नुहोस:

0
Shares