मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

फोर्ब्सको एशिया क्षेत्रका उत्कृष्ठ युवाको सुचीमा पाँच नेपाली

फोर्ब्सको एशिया क्षेत्रका उत्कृष्ठ युवाको सुचीमा पाँच नेपाली


न्यूयोर्क (अमेरिका) ।  अमेरिकामा मुख्य कार्यालय रहेको र विश्वका बिभिन्न देशवाट प्रकाशित हुँदै अाएको चर्चित पत्रिमा फोर्ब्स वुधवार सार्वजनिक गरेको एशिया प्रशान्त देशका ३० बर्ष भन्दा कम उमेरका प्रभावशाली युवाको सुचि ३० अण्डर ३० एशियामा पाँच जना नेपाली युवा परेका छन् । 
 
फोर्ब्सले १० विधा प्रत्येकमा ३० जना गरी तीनसय प्रभावशाली युवाको सुचि सार्वजनिक गरेको छ । यसमा एशिया प्रशान्त क्षेत्रका २४ देशका युवाहरु परेका छन् । यसमा पाँच जना नेपाली परेका हुन् ।  
 
नेपालवाट उक्त सुचिमा पर्नेमा युट्युवर प्रभात यादव, अनलाइनमा रिटेलर (समान विक्रेता) आशिष आचार्य र सविन भण्डारी, कोड फर नेपालका संस्थापक रवि कुमार र नेपालको ग्रामिण क्षेत्रमा बालबालिकाको निशुल्क शिक्षा लगायत दिगो उर्जा र कृषि क्षेत्रमा काम गरेका सूर्य कार्की छन् । 
 
छ महिना लगाएर यो सुचि तयार पारिएको जनाएको हो । उक्त पत्रिकाले यस्तो सुचि जारी गरेको यो दोस्रो पटक हो । सुची तयार गर्ने क्रममा अनलाइनवाट नोमिनेशन लगायत दजनौं संवाददाता र अनुसन्धानकर्ताको सहयोग लिईएको फोर्ब्सले जनाएको छ । ३० अण्डर ३० एशिया, मिट द क्लास अफ २०१७ शिर्षक दिईएको उक्त सुचि तयार पार्न जुरीमा विभिन्न क्षेत्रका ३० जना विज्ञ संलग्न भएको फोब्र्सले उल्लेख गरेको छ । 
फोर्ब्सले हरेक वर्ष सार्वजनिक गर्दै अाएको विश्वका धनीको सुचिमा नेपालवाट बहुराष्ट्रिय उद्यमी बिनोद चौधरी पर्दै आएका छन् । 
 
काठमाडौमा रहेको २३ बर्षका प्रभातको एक्स्प्लोर ग्याजेटले नेपाली युवालाई नयाँ ग्याजेण्टका बारे जानकारी दिन्छ । प्रभात एक्स्प्लोर ग्याजेटका संस्थापक पनि हुन् । उनको टिमले ग्याजेटको बारेमा तुलनात्मक जानकारी दिने गर्छ । 
 
अहिले युट्यूवमा उनका चार लाख भन्दा वढी नियमित ग्राहक छन् । उनको कार्यक्रम ८ करोड भन्दा वढी पटक हेरिएको जनाईएको छ । प्रभात एक लाख ग्राहक पुर्याएर सिल्भर प्ले बटन अवार्ड जित्ने एक मात्र नेपाली रहेको फोर्ब्सले उल्लेख गरेको छ । प्रभात मिडिया, मार्केटिंग एण्ड एड्भरटाइज विधामा एशियाका शिर्ष ३० युवामा परेका हुन् । 
रिटेल एण्ड इकर्म विधामा नेपालका २५ बर्षिय दुई युवा आशिष आचार्य, र सविन भण्डारीपनि ३० अण्डर ३० एशियाको सुचीमा परेका छन् । उनीहरुको बारेमा फोर्ब्सले स्थानिय डिजाइनमा टिसर्ट लगायत झोला, घडी, फरफ्यूम जस्ता समाग्रीका अनलाइन विक्रेता भनेर उल्लेख गरेको छ । आशिष र सविनको ह्वाईटस्पेस कम्पनी अनलाइन एपरल्स स्टोर हो । यी युवाले दुई बर्ष अघि नेपालमा गएको महाभुकम्पको बेला टिसर्ट फर रिलिफ अभियान अन्तर्गत टिसर्ट विक्री गरेर १ करोड ५० लाख नेपाली रुपैंया सहयोग जुटाएको फोर्ब्सले उल्लेख गरेको छ । 
 
उक्त सुचीमा पर्ने अर्का नेपाली २९ बर्षिय रविकुमार हुन् । रविकुमार र उनकी पत्नी २९ बर्षिय अमेरिकी नागरिक मिया मिचेल नेपालका बारेमा जानकारी दिने कोड फर नेपालका संस्थापक हुन् । 
कोड फर नेपालले नेपालमा प्राविधिक साक्षरता अभिबृध्दिको काम गर्छ । यो संस्थाले नेपालम्याप डट ओआरजी पनि स्थापना गरेको छ । नेपालका दुर्गम क्षेत्रमा कोड फर नेपालले २५ वटा स्कूललाइ सहयोग गरेको फोर्ब्सले जनाएको छ । फोर्ब्सका अनुसार रविकुमार हाल विश्व बैंक मुख्य कार्यालय वासिंटन डीसीमा कार्यरत छन् । उनले डिजिटल रणनीति सम्वन्धि परियोजनालाई नेतृत्व दिईरहेका छन् । मिया डिसीमै ह्वाइट हाउसमा ह्वाइट हाउस अफिस अफ म्यानेजमेण्ट एण्ड बजेटमा कार्यरत छिन् । रविकुमार दम्पत्तीलाई सोसियल इन्टरप्रेनरस् विद्यामा उक्त सुचीमा राखिएको छ । 
 
यही सूचीमा नेपालका अर्का २६ बर्षिय सुर्य कार्की पनि परेका छन् । कार्की दियालो फाउण्डेशन नामक संस्थाका संस्थापक हुन् । 
दियालोले नेपालको दुर्गम क्षेत्रका बालबालिकालाई निशुल्क शिक्षा दिने अभियानमा संलग्न रहेको फोब्र्सले जनाएको छ । फोब्र्सका अनुसार दियालोले यस वाहेक दिगो उर्जा र कृषि जस्ता क्षेत्रमा पनि दुर्गममा स्थानिय व्यक्तिलाई सहयोग गरेको छ । सुर्य अहिले बेजिंग विश्वविद्यालयमा उच्च अध्ययन गर्दै छन् ।
 
उक्त सुचीमा पर्नेमा चीनवाट ७६ जना छन् । यसपछि भारतवाट ५३ जना, दक्षिणपुर्वी एशिया तथा अष्ट्रेलियावाट २९ जना सुचीमा छन् । 
 
भुटानवाट एक जना २८ बर्षिय सोनाम पाल्देन पनि उक्त सुचीमा परेकी छिन् । ट्याक्सी लगायत घरायसी सरसफार्ईका लागि कहाँबाट सेवा पाइन्छ भन्ने एप्प बनाएर सचालन गर्ने सोनाम विदेशमा पढेकी हुन् । उनले न्यूओर्कमा समेत अर्थशास्त्रीको रुपमा काम गरेकी थिईन । 
 
उक्त सुचिमा अष्ट्रेलियावाट एक जना १० बर्षिया बालिका समेत परेकी छिन् । १० बर्षिया अन्भिता बिजयले आफु जस्तै बालबालिकाका लाई जानकारी दिन तयार पारेको जनावर सम्बन्धि एप्सका कारण उनी उक्त सुचीमा परेकी हुन् । जन्मजात आँखा नदेख्ने २५ बर्षिय श्रीकान्त बोला पनि उक्त सुचीमा छन् । उनको बातावरण मैत्री र प्रयोपपछि कम्पोष्ट वनाउन मिल्ने प्राविधिमा आधारित प्याकेजिगं समाग्री उद्योग छ । 
 
एमआईटीमा पढेर भारत फर्किएका श्रीकान्तको उद्योगमा रतन टाटाले सहयोग दिएको फोर्ब्सले उल्लेख गरेको छ । उक्त सुचीमा बलिउड कालाकार आलिया भट्ट पनि परेकी छिन् ।तस्बिर: सामाजिक संजाल 

शेयर गर्नुहोस:

0
Shares