मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

प्रवासी मञ्चको अधिवेशनमा जनक राना टेक्ससबाट अध्यक्ष उम्मदवार (भिडियो सहित)

प्रवासी मञ्चको अधिवेशनमा जनक राना टेक्ससबाट अध्यक्ष उम्मदवार (भिडियो सहित)


हिमालयखवर संवाददाता
ड्यालस (अमेरिका) – प्रवासी नेपाली मञ्चको अाउँदो साता बाल्टिमोरमा हुन लागेको अधिवेशनमा टेक्सस राज्य कमिटीले जनक रानालाइ उम्मेदवारका रूपमा अघि सार्ने भएको छ ।
 
यही महिनाको ३१ तारिकदेखि मेरिल्याण्डको बाल्टिमोरमा हुन लागेको अधिवेशनमा रानालाइ सर्वसम्मत रूपमा राज्य कमिटीका तर्फबाट उम्मेदवार बनाइएको घोषणा अाइतबार अायोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । अधिवेशनमा वर्तमान महासचिव प्रभु थापा र रानाबीच प्रतिस्पर्धा हुने संकेत देखिएको छ ।
 
'म १६ वर्षदेखि अमेरिका बसेर समाजसेवामा संलग्न हुँदै अाएको छु, साथीहरूको सल्लाह अनुसार म अध्यक्षको उम्मेदवार हुन लागेको हुँ,' अध्यक्षका उम्मेदवार रानाले भने । अध्यक्षका उम्मेदवारका रूपमा विगतमा चर्चित शंकर पन्त र टेक गुरूंगले अाफूलाइ समर्थन गरेकोले अघि बढेको उनले बताए । 
 
रानाले निष्कृय रहेका अोएनएफका सदस्यहरूलाइ सकृय बनाउने, सामाजीक संस्थाका रूपमा ढाल्ने, अन्य सामाजीक संस्थासँग मिलेर भाइचारा संबन्ध स्थापित गर्ने र अमेरिकाको राजनीतिमा राजनीतिमा नेपाली समुदायलाइ अघि बढाउने लगायतकका योजना रहेको उनले बताए । 
 
नेपाली समुदायलाइ सहयोगका लागि अापतकालिन कोष स्थापना गर्ने अाफ्नो योजना रहेको पनि उनले उल्लेख गरे । कार्यक्रममा मञ्चकी केन्द्रीय सदस्य यमुना भट्टराइले अाफूलाइ पनि साथीहरूको सद्भाव रहेकोले उम्मेदवारका रूपमा अघि बढ्ने घोषणा गरिन् । 'तपाइको लागि धेरै सहज अवस्था छ भनेर धेरै दिदीबहिनीहरूले भन्नुभएको छ, त्यही भएर म पनि अघि बढ्ने योजनामा छु,' उनले भनिन् । 
 
कार्यक्रममा मञ्चका उपाध्यक्ष जीवन जोशीले जनक राना पुराना नेता भएकाले उहाँलाइ टेक्सस राज्यसमितिको तर्फबाट सर्वसम्मत रूपमा उम्मेदवार बनाउने निर्णय भएको बताए । 
 
मञ्चका नेता भीम कार्की सहमति गरेर चुनावमा जाने निर्णय भएको उल्लेख गर्दै जनक रानालाइ सहमतिमा साझा उम्मेदवार बनाइएको बताए । 'जनकजी, हामी ३६ जनाकै साझा उम्मेदवार हुनुहुन्छ,' उनले भने । 
 
त्यस अवसरमा मञ्चका टेक्सस राज्य समितिका अध्यक्ष दीपकप्रसाद पाण्डेले सबैलाइ मिलाएर जाने क्षमता जनक रानामा भएकोले उम्मेदवार बनाइएको बताए । उनले अाफू अध्यक्ष पद छाडेर मञ्चको केन्द्रीय सचिवमा उम्मेदवारी दिन लागेको घोषणा गरे । 
 
अोएनएफको अधिवेशनमा टेक्ससबाट ३६ जना प्रतिनिधि सहभागी हुँदैछन् । अधिवेशनको उद्घाटनका लागि एमालेका अध्यक्ष केपी शर्मा अोली अाउने कार्यक्रम रहेकोमा नेपालमा हुन लागेको स्थानीय तहको निर्वाचनका कारण उनी नअाउने भएका छन् । अधिवेशनका लागि एमाले पोलिटव्यूरो सदस्य पृथ्बीसुब्बा गुरूंग अमेरिका अाउँदैछन् । 
 
त्यस अवसरमा हालै न्यूयोर्कबाट बसाइ सरेर ड्यालस अाएका पत्रकार सूर्य थापालाइ मञ्चको तर्फबाट खादा अोढाएर स्वागत गरिएको थियो ।