मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

लण्डनमा आतंककारी हमला

लण्डनमा आतंककारी हमला


लण्डन (एजेन्सी)– बेलायतको लण्डनमा आतंककारी हमलापछि भएको प्रहरी कारवाहीमा एक महिलाको मृत्यु भएको छ । 
 
स्थानीय समय अनुसार मंगलबार दिउँसो वेस्ट मिनिस्टर पुलमा भएको घटनामा ती महिला मारिएकी हुन् । कारमा रहेकी ती मृतक महिलाले सडकपेटीमा रहेका पैदलयात्रुलाई समेत ठक्कर दिएपछि प्रहरीले कारवाही गरेको बेलायती समाचार संस्था बिसिसीले जनाएको छ ।
 
प्रहरीका अनुसार लण्डनमा थुप्रै घटनाहरु भएका छन् । जसमा प्रहरीलाई समेत आक्रमण गरिएको छ । 
 
बेलायती मन्त्रीपरिषदको आपतकालिन बैठक बसिरहेको छ । कति जनाको निधन भयो भन्ने बारेमा भने अहिलेसम्म यथार्थ विवरण आउन बाँकी रहेको समेत बिबिसीले उल्लेख गरेको छ । 
 
हतियारधारी व्यक्ति संसद भवन नजिकैको चौरमा पुगेर गोली बर्षाएका थिए । त्यस लगत्तै अनियन्त्रित रुपमा कार चलाउँदै पैदलयात्रुहरुलाई ठक्कर दिइएको थियो ।तस्बिर : सामाजिक संजाल