मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

चरम गरिबी र आँखा नदेख्ने परिवारलाई जापानबाट सहयोग

चरम गरिबी र आँखा नदेख्ने परिवारलाई जापानबाट सहयोग


टोकियो (जापान) । चरम गरिबी र स्वास्थ्य समस्याले पीडित सप्तरीको एक परिवारलाई जापानवासी नेपालीले आर्थिक सहयोग गरेका छन् । 
 
गरिबी र आँखा नदेख्ने भएर खान–लाउन समस्यामा परेका सप्तरीको गम्हरियाका शिवनारायण मण्डल परिवारलाई राहतस्वरुप जापानमा सङ्कलन भएको रकम सहयोग गरिएको हो ।
 
जापानमा पीडितका नाममा एक महिनाअघिदेखि सहयोग अभियान चलाइएको थियो । अभियानअन्तर्गत दिनमा एक हजारदेखि पाँच हजार येनसम्मका सहयोगी हात बढ्दै गएर सङ्कलन भएको रकम एक लाख १४ हजार चार सय ६६ जापानी येन पठाइएको अभियानकर्ता शिव तण्डुकारले जानकारी दिए ।
 
सोह्र सदस्यमध्ये पाँच जनाले आँखा नदेख्ने मण्डल परिवार गरिबीका कारण स्वास्थ्य तथा शिक्षाबाट वञ्चित मात्रै नभएर खान–लाउनसमेत अपुग भई सङ्घर्ष गर्दै आएको छ । 
 
मण्डल परिवारलाई सहयोग गर्ने उद्देश्यले नेपालमा हास्यकलाकार कुमार कट्टेल (जिग्री)ले सुरू गरेको सहयोग अभियानमार्फत एक लाख १४ हजार चार सय ६६ जापानी येन पठाइएको तण्डुकारले बताए ।
 
नेपालका विभिन्न सञ्चारमाध्यममा गरिबीले ठगेको मण्डल परिवारका पाँच जनालाई आँखाको समस्या भएपछि परिश्रम गरेर खान र लगाउनसमेत मुस्किल भएको देखाइएको थियो । पीडित परिवारलाई थोरै भए पनि राहत होस् भन्ने अभिप्रायले अभियान चलाइएको थियो । 
 
रकम प्राप्त गरेपछि नेपालका अभियानकर्ता कट्टेलले विश्वभरिबाट सहयोग आउनेक्रम जारी रहेको र सहयोगी हातबाट आएको रकमले मण्डल परिवारको उपचार र गरिबी उन्मूलन कार्यमा खर्चने बताएका छन् । जापानमा सङ्कलन भएको रकम जापान मनी एक्सप्रेसबाट पठाइएको थियो ।