मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

सानफ्रान्सिस्कोमा साझा पार्टीको भेला

सानफ्रान्सिस्कोमा साझा पार्टीको भेला


सानफ्रान्सिस्को (अमेरिका)– पत्रकार रबिन्द्र मिश्रको पहलमा स्थापना भएको साझा पार्टीलाई सहयोग गर्न अमेरिकाको सानफ्रान्सिस्कोमा रहेका नेपालीहरुको भेला भएको छ ।
 
आइतबार भएको भेलाले नेपालको साझा पार्टीले मात्र समस्या समाधान गर्नसक्ने निष्कर्श निकाल्ने त्यसका लागि सहयोग गर्न प्रवासी नेपाली समुदायसँग आग्रह गरेको छ । ‘अहिलेका नेपालका दलहरुमध्य नयाँ भिजन भएको र गतिला व्यक्तिहरु देखिएकोले उहाँहरुबाट मातृभूमिका लागि केही हुन्छ कि आशाले गर्दा सहयोग गर्न हामी तत्पर भएका हौै,’ भेलाका सहभागी पुरुषोत्तम सुवेदीले हिमालय खबरसँग भने ।
 
सानफ्रान्सिस्को क्षेत्रका दुई दर्जन व्यक्तिहरु भेलामा उपस्थित थिए । ‘हामीले साझा पार्टीको शाखा र भातृसंस्था भन्दा पनि सहयोग गर्ने हिसाबले भेला भएका हाैँ,' अर्का सहभागी पृथ्बी उप्रेती भने ।
 
बिबिसीमा लामो समयसम्म कार्यरत मिश्रले दुई साता अघि नेपालमा नयाँ पार्टी गठन गरेका छन् । त्यसमा पूर्ब प्रशासकदेखि लिएर सामाजीक अभियन्ता, पत्रकारहरु सकृय छन् ।

शेयर गर्नुहोस:

0
Shares