मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

केन्ससका गभर्नरद्धारा भारतीय नागरिक माथि भएको आक्रमण प्रति दुख्ख व्यक्त

केन्ससका गभर्नरद्धारा भारतीय नागरिक माथि भएको आक्रमण प्रति दुख्ख व्यक्त


अमेरिका– केन्सस राज्यका गभर्नर सैन ब्राउनबैंकले दुई जना भारतीय माथि भएको आक्रमण प्रति गहिलो दुख्ख व्यक्त गरेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेखेर दुई जना भारतीय माथि भएको आक्रमण प्रति दुख्ख व्यक्त गरेका हुन् । मोदीलाई पठाएको पत्रमा गभर्नरले आफ्नो राज्यमा यस्तो हिंसाको कुनै स्थान नरहेको उल्लेख गरेका छन् ।

केही दिन अघि आफ्नै देश फर्क भन्दै अमेरिकी नौसेनाका पूर्व सैनिक एड्म प्यूरिटनले गोली दुई भारतीय नागरिकलाई केन्ससमा गोली हानेका थिए । यो गालीबारीमा ३२ वर्षीय भारतीय सफ्टवेयर इन्जिनियर श्रीनिवास कुचिबोतलाको मृत्यु भएको थियो । उनसंगै रहेका अर्का भारतीय नागरिक आलोक मदसानी गोली लागेर घाइते भएका थिए । गभर्नर ब्राउबैंकले पत्रमा भनुका छन् केन्सस राज्यमा कुचिबोतला र मदसानी माथि भएको भयावह हिंसा प्रति गहिरो दुख्ख व्यक्त गर्छु यो घटनामा म सँगै केन्ससका जनतापनि स्तव्ध छन् । श्रीनिवास की पत्नी र उनको परिवार प्रति जुन दुख्ख पर्‍यो यो शब्दमा बयान गर्न सकिदैंन भन्ने उल्लेख गर्दै पत्रमा ब्राउनबैकले आफ्नो राज्य केन्ससमा यस्तो धृणित अपराध र असहिष्णुताको कुनै स्थान नभएको जनाएका छन् ।
 
अमेरिकामा जातीय र धार्मिक असहिष्णुता वढीरहेको छ । केन्ससमा भएको घटना पछि वासिङ्टन राज्यमा एक शिखमाथि यस्तै जातीय कमेण्ट गर्दै गोली हानिएको थियो । केही दिन अघि एक भारतीय व्यापारीको पनि हत्या भएको थियो । 
 
 केही दिन अघि भारतीयहरुलाई लक्षित गर्दै एक भिडियो समाजिक सञ्जालमा राखिएको थियो । बुधवार अमेरिकाका रहेका मस्जिदमा धम्की युक्त पत्र प्राप्त भएको संचारमाध्यमले जनाएका छन् । जनवरी २० मा नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार लिएपछि आप्रावासी प्रति आक्रमणका घटना बढेका हुन् । 

शेयर गर्नुहोस:

0
Shares