हिमालयखवर संवाददाता
बोस्टन (अमेरिका)— नेपालमा गएको भुकम्पपछि ‘सामुदायिक हिरो’ का रुपमा परिचित धुर्मुस सुन्तलीको अभियानलाई अमेरिकाको बोस्टनमा रहेका नेपालीहरुले सहयोग गर्ने तत्परता देखाएका छन् ।
लेखन साहित्यमा परिचित शिवप्रकाश लगायतका नेपालीहरुको सकृयतामा धुर्मुस सुन्तलीको अभियानलाई सहयोग गर्न कार्यक्रम हुन लागेको छ । यही मार्च १९ तारिक आइतबबार बोस्टनको हिमालय बिस्ट्रो रेस्टुँरामा भेटघाट सहितको छलफल कार्यक्रम राखिएको शिवप्रकाशले जानकारी दिए ।
‘यो कार्यक्रम यहाँका हामी केही साथीहरु मिलेर धुर्मुस सुन्तलीको पुनितः अभियानलाई सहयोग गर्नुपर्छ भनेर स्वफुर्त रुपमा गर्न लागेका हौँ,’ शिवप्रकासले भने—‘यो कार्यक्रम कुनै संघसंस्थाबाट हुन लागेको होइन ।’
काभ्रे र सिन्धुपाल्चोकमा एकीकृत वस्ती निर्माणपछि अहिले सिताराम कट्टेल र कुञ्जना घिमिरे (सुन्तली) को टोलीले तराईको मुसहरहरुलाई एकीकृत वस्ती निर्माण गर्न जुटेका छन् । यो वस्तीको लागि रकम नपुग भएर सहयोगका लागि आग्रह भएपछि अमेरिकाका नेपालीहरुले सहयोग संकलन कार्यक्रम राखेका हुन् ।
साँझ ७ बजेबाट सुरु हुने कार्यक्रममा सहभागी भएर सहयोग गर्न शिवप्रकाशले नेपाली समुदायसँग विशेष आग्रह गरेका छन् । यो अभियानमा सुशील पौडेल, निर्मला शेरचन, राधेश्याम यादव, सुरेश वाग्ले, मबी सिंह, सुन्दर गुरुङ, जितेन्द्र श्रेष्ठ लगायतको सकृय सहभागिता छ ।






प्रतिक्रिया