मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

केही नरम रूपमा प्रस्तुत भए राष्ट्रपति डोनाल्ड ट्रम्प

केही नरम रूपमा प्रस्तुत भए राष्ट्रपति डोनाल्ड ट्रम्प


हिमालयखवर संवाददाता
वासिङ्टन डिसी- राष्ट्रपति डोनाल्ड ट्रम्प मङ्गलवार आप्रावासी, जातीय हिंसा, अमेरिकाको पुर्ननिमार्ण जस्ता विषयमा विगत भन्दा नरम रूपमा प्रस्तुत भए । अमेरिकी काँग्रेसको संयुक्त सत्रलाई सम्बोधन गर्दै ट्रम्पले अमेरिकाको केन्सस सहरमा हालै दुई भारतीय माथि गोली प्रहार र विभिन्न स्थानमा जुईस समुदाय माथि भएका आक्रमणको भत्र्सना गर्दै आफ्नो सम्बोधन सुरु गरेका थिए । 
 
अमेरिकाको भविष्य सम्बन्धी ट्रम्पको सम्बोधनमा कर सुधार, आर्थिक र रोजगारी वृद्धि, स्वास्थ्य बिमाको विद्यमान सिथ्तिमा परिवर्तन, पूर्वाधार क्षेत्रमा लगानी, आप्रावासी, सुरक्षा जस्ता क्षेत्रले प्रथामिकता पाएको छ । 
 
निर्वाचन अभियान र राष्ट्रपति पदभार सम्हालेयता आप्रावासी सम्बन्धी कडा प्रतिक्रिया दिदैं आएका राष्ट्रपति ट्रम्पले काँग्रेसको संयुक्त सत्रको सम्बोधनमा मेरिट अर्थात् योग्यताका आधारमा आप्रावासी भित्राउने सिस्टम बनाउने बताए । मेरिटका आधारमा आप्रावासी नलिदां अमेरिकाका करदाताले अरर्बौको भार व्यहोर्नु परेको छ ट्रम्पले भने । मेरिटका आधारमा आप्रावासी नीति लिदां इमिग्रेन्टलाई पनि फाइदा हुन्छ ट्रम्पले भने । अमेरिका मेक्सिको सीमामा पर्खाल लगाउने नीति भने कायमै रहेको उनले बताए ।  
 
कर प्रणालीलाई परिमार्जन गरी प्रतिस्पर्धी वनाइने राष्ट्रपतिले बताए । मध्यमवर्गलाई करमा व्यापक सहुलियतहरु दिइने छ उनले भने । आफू खुला व्यापारको पक्षपाती भएको तर, यो फेयर (स्वच्छ ) भने हुनु पर्ने उनले बताए । 
 
अमेरिका भित्र पूर्वाधारको पर्नुनिमार्णलाई आफूले प्रथामिकता दिने पनि सम्बोधनमा राष्ट्रपति ट्रम्पले उल्लेख गरेका छन् । देशको पुर्ननिमार्णमा व्यापक लगानी गर्नु पर्ने समय आईसक्यो उनले भने । पूर्वाधारमा लगानीले रोजगार पनि वृद्धि गर्ने उनले दाबी गरे ।
 
अमेरिकी समान वा सेवा किन अमेरिकीलाई रोजगार देऊ भन्ने वाक्य राष्ट्रपति ट्रम्पले पुन दोहोर्याए । यो वाक्य पहिलो पटक राष्ट्रपतिको सपथ लिएपछिको सम्बोधनमा उल्लेख गरेका थिए ।
 
यस अघिका राष्ट्रपतिले ल्याएको निकै चर्चामा रहेको स्वास्थ्य बिमा ओबामा केयरको सट्टा अर्को राम्रो र सुलभ स्वास्थ्य बिमा ल्याउने उनले बताए । यो ध्वस्त भइसकेको कार्यक्रमका सट्टामा नयाँ ल्याउने विपक्षी डोमोक्र्याट पार्टीलाई पनि सहयोग गर्न आग्रह गरे । ओबामा केयर स्वास्थ्य बिमा ध्वस्त भईसक्यो राष्ट्रपतिले भने सरकारसगैं स्वास्थ्य बिमा किन्नु पर्ने बाध्यताले समस्या समाधान गर्दैन । उनले औषधीको मूल्य घटाउन  तत्काल पहल गर्ने पनि बताए । 
 
राष्ट्रपति ट्रम्पले सम्बोधन गरिरहँदा पटक पटक सभाको अध्यक्षता गरिरहका पाउल रायन लगायत सत्तारुढ पार्टी रिपव्लिकन सांसदहरु उठेर  ताली बजाएर उनलाई समर्थन गरेका थिए । राष्ट्रपति भएपछि ट्रम्पले काँग्रेसको संयुक्त सत्रलाई सम्बोधन गरेको यो पहिलो पटक हो ।

शेयर गर्नुहोस:

0
Shares