मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

फागु पूर्णिमामा अमेरिकाको युलेसमा भव्य होली मनाउने तयारी

फागु पूर्णिमामा अमेरिकाको युलेसमा भव्य होली मनाउने तयारी


ड्यालस (टेक्सस) । युलेस नेपाली समाजले आउँदो फागु पूर्णिमाको दिन मार्च १२ तारिक आईतबार युलेसमा भव्य होली कार्यक्रम गर्ने भएको छ । पारिवारिक जमघट सहितको होली कार्यक्रममा सबै नेपालीलाई सहभागिताको लागि स्थानीय समाजसेवी टीका पौडेलले आग्रह गरेका छन् । 
 
‘यो कार्यक्रम एक आपसमा निकट बनाएर शुध्द मनोरञ्जनका लागि आयोजना गर्न लागेका हौ“,’ पौडेलले भने । फागु पूर्णिमाकै दिन परेकोले यस पटक अघिल्लो वर्षभन्दा भव्य हुने अनुमान गरिएको छ । यो विशुद्ध रुपमा पारिवारिक जमघट र मनोरञ्जनको लागि आयोजना गरिएको पौडेलले बताए । 
 
अमेरिकामा जन्मिएका र सानै उमेरमा अमेरिका आएर हुर्केका बालबालिकाहरुलाई समेत हिन्दू धर्मसंस्कृति बारे जानकारी समेत दिनका लागि समाजले होली कार्यक्रम गर्दै आएको छ । युलेसको ओकरिज पार्कमा दिउसो १ बजेदेखि सुरु हुने कार्यक्रममा सहभागी हुनेका लागि चर्च र अल्दीमा पार्किंग सुविधा रहेको छ ।
 
‘हामीले सात समुद्रवारि आएर पनि हाम्रो संस्कार बालबालिकालाई संस्कार सिकाउनका लागि यस्तो खालको कार्यक्रम गर्न जरुरी छ,’ स्थानीय समाजसेवी हरि थापाले भने । थापाको समूहले अमेरिकामा नेपालको मौलिक पञ्चैबाजा, भजन कृतन तथा झाकीहरु गर्दै आएका  छन ।
 
कार्यक्रममा सहभागी हुनका लागि समाजसेवीहरु बासु श्रेष्ठ, छबी चापागाई, हरि विष्ट, दिनानाथ न्यौपाने, शिव अधिकारी, भानु खरेल, बाबुराम देवकोटा, बिमल श्रेष्ठ, शिव काप्ले, हरि थापा सँग सम्पर्क राख्न अनुरोध गरिएको छ । यो कार्यक्रममा सहभागीताको लागि कुनैपनि शुल्क तिर्नु नपर्ने पौडेलले बताए ।
 
कार्यक्रममा बच्चाहरूलाइ विशेष मनोरञ्जनात्मक बनाउने जिम्मा हरि बिष्टले लिएका छन् । त्यस्तै थप मनोरञ्जन दिनको लागि  साउण्ड सिस्टमको जिम्मा पारस चाैधरीले लिएका छन् ।