लस एन्जलस (अमेरिका)— अमेरिकाको क्यालिफोर्नियाको लस एन्जलसमा बस्दै आएका तामाङ समुदायले मनाउन लागेको सोनाम ल्होछारको अन्तिम तयारीमा व्यस्त भएका छन् । नयाँ वर्ष (चरा वर्ग ) 'ज्याल्हो' को अवसरमा संसारभरि छरिएर रहेका तामाङहरूलाइ सोसाइटीका अध्यक्ष टेक लामाले शूभकामना दिँदै कार्यक्रममा उपस्थितिका लागि अनुरोध गरेका छन् ।
तामाङ समुदायको मौलिकता झल्काउने लक्ष्यकासाथ लसएन्जल्समा पहिलो पटक उक्त पर्व मनाउन लागेकोले सबैको सकारात्मक सहयोग र साझा तथा फराकिलो बुझाईहोस् भन्ने आशा व्यक्त गरेका छन् । यही फेब्रुअरी २७ तारिख सोमबार लसएन्जल्स शहरको आर्टेशिया स्थित तारा हिमालयन कुजिनमा चर्चित हास्यकलाकार गोपाल नेपाल (फिस्टे), अन्य कलाकारहरु डोमा ह्योल्मो , नलिना चित्रकार र दोहोरी गायिका शिला आले मगरको साथमा सो कार्यक्रम हुन लागेको हो ।
सोनाम ल्होछार कार्यक्रममा न्युयोर्क, क्यालिफोर्निया सानफ्रान्सिस्कोबाट पनि बाक्लो उपस्थिति रहने जानकारी सोसाईटीका महासचिव डोल्मा लामाले दिएकी छिन् ।
प्रतिक्रिया