जललाबाद (अफगानिस्तान) । अफगानिस्तानको पूर्वी क्षेत्रमा पर्ने नानगाहार प्रान्तमा सुरक्षा कारबाहीमा परी कम्तीमा ३० जना लडाकुको मृत्यु भएको छ ।
इस्लामिक स्टेट आवद्ध उनीहरु गत २४ घन्टाको अवधिमा भएका कारबाहीमा मारिएको स्थानीय अधिकारीले बुधबार जानकारी दिएका छन् ।
‘हेस्का मिना र एचिना जिल्लामा सरकारी सुरक्षा फौजले गरेको हवाई कारबाही र सुरक्षा फौजसँग भएको दोहोरो भिडन्तका क्रममा २४ घण्टामा आइएसमा आवद्ध ३० जना लडाकु मारिएका छन्,’ प्रान्तीय एक अधिकारीले भने ।
मृत्यु हुनेमा लडाकुतर्फका एक जना स्थानीय कमान्डर हम्जा पनि रहेका छन् भने अन्य पाँच जना लडाकु घाइते भएका छन् ।
सरकारी सुरक्षा फौजले आइएस लडाकुहरुका सवारी साधन, ठुला ठुला मेसिनलगायतका अन्य सामग्रीहरु पनि नष्ट गरिदिएको सरकारी अधिकारीको भनाइ छ । घटनास्थल केन्द्रीय राजधानी काबुलदेखि १२० किलोमिटर टाढा पर्दछ । रासस / सिन्ह्वा
प्रतिक्रिया