मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

टेक्ससको ह्युस्टनमा रोमान्चक सांस्कृतिक रात

टेक्ससको ह्युस्टनमा रोमान्चक सांस्कृतिक रात


टेक्सस(ह्युस्टन)- ह्युस्टनका युवा नेपालीहरूको नयाँ संस्था नेप्लिज ह्युस्टन युनियनले आयोजना गरेको साङ्गीतिक कार्यक्रमले आइतबार राती दर्शक श्रोतालाई भरपूर मनोरञ्जन प्रदान गर्‍यो ।
 
सिन्धुलीको दलित गाउँ स्थित विद्यालय भवन बनाउनलाई सहयोग जुटाउन आयोजित उक्त कार्यक्रममा गीत ,  नृत्य ,  कविता , गजल  र नाटक प्रस्तुत गरिएको थियो । 
 
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ पत्रकार तारा बरालले आफ्नो छोटो शुभकामना मन्तव्य सहित बच्चु कैलाशको " त्यो आँखाले लौन मलाई मार्यो " गीत गाएर साङ्गीतिक माहोलमा थप ऊर्जा दिनुभएको थियो । उदाउँदा कवि द्वय सतिश त्रिपाठी र बिदुर दवाडीको युगल गजल प्रस्तुतिले दर्शक श्रोतालाई नयाँ स्वाद पस्केको थियो ।
 
ह्युस्टनका नव प्रतिभाहरु अनन्त बराल, पुष्कर बस्नेत, शुभेक्षा, संदीप पराजुली र कुन्दन पौडेलले विभिन्न गीत गाएर त्यो रातलाई संगितमय बनाएका थिए ।
 
त्यसै गरी बासु अर्यालको समूहले रोचक नाटक प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा विभिन्न कविहरूले कविता वाचन गरेका थिए । युनियनका अध्यक्ष बिदुर दवाडी र उपाध्यक्ष , नृत्य निर्देशक विशाल लामाले कार्यक्रम बारे प्रकाश पारेका थिए । बिहान तीन बजेसम्म चलेको साङ्गीतिक कार्यक्रममा ह्युस्टनका नेपाली युवाहरूको उल्लेख्य सहभागिता रहेको थियो । 
 
कार्यक्रम सफल बनाउन न्यु योर्क लाइफ इन्सोरेन्सका बच्चा तिवारी , हाम्रो अटोका निरञ्जन शर्मा , टोयटा मेककल सेन्टर,  आशियाना रेष्टुरा र विमल ज्ञवाली लगायतले  सहयोग पुर्याएका थिए।

शेयर गर्नुहोस:

0
Shares