मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

राष्ट्रपति ट्रम्पको यात्रा वन्देज विरुद्ध ९७ ठुला कम्पनी अदालतमा

राष्ट्रपति ट्रम्पको यात्रा वन्देज विरुद्ध ९७ ठुला कम्पनी अदालतमा


हिमालयखवर संवाददाता
सानफ्रान्सिस्को (अमेरिका)- राष्ट्रपति डोनाल्ड ट्रम्पबाट जनवरी अन्तिम साता हस्ताक्षर सात मुस्लिम देशका नागरिकलाई अमेरिका आउन बन्देज लगायतका आप्रावासी सम्वन्धि कार्यकारी आदेश प्रति विरोध जनाउँदै अमेरिकका ठुला ९७ कम्पनी आइतवार अदालत गएका छन् । 
 
सुचना प्रविधि क्षेत्रका संसारकै ठुला फेसवुक, एप्पल, गुगल, माइक्रोसफ्ट, नेटफ्लिक्स, टिवटर, इन्टेल जस्ता सिलिकन भ्यालीका प्रभावशाली कम्पनीले राष्ट्रपति ट्रम्पको आप्रावासी नीति विरुध्द सानफ्रान्सिस्को अदालतमा याचिका दायर गरेका हुन् । याचिकामा ती कम्पनीले राष्ट्रपतिको कार्यकारी आदेशले कानुन र संविधानको उल्लंघन गरेको दावी गरिएको छ । 
 
अचानक गरिएको यस्तो निर्णयले अमेरिकाको व्यवसायिक वातावरणमा प्रतिकुल असर पार्ने ती कम्पनीको दावी छ । सीएनएनका अनुसार नाइथं सर्किट र्कोट अफ अपील्समा याचिका दायर गरिएको हो । अदालतले आफ्नो निर्णय दिनु अघि दुवै पक्षलाई आफ्नो पक्षका कानुनी आधारहरु राख्न भनेको छ । 
 
हाल ती कम्पनीले याचिका दायर गरेको अदालत अमेरिकामा नै सबैभन्दा उदार मानिन्छ । त्यहाँबाट जे निर्णय भएपनि यो मुद्दा अन्तत सर्वोच्च अदालत पुग्ने संभावना रहेको सीएनएनले उल्लेख गरेको छ । सुचना प्रविधिसँग सम्वध्द ती कम्पनीले आप्रावासीले अमेरिकाको अर्थतन्त्रमा महत्वपुर्ण भुमिका खेलेको दावी गरेको छन् । आप्रावासीले धेरै देशलाई आफ्नो सृजना र आविष्कारले महान बनाएको उनीहरुले भनेका छन् । 
 
अमेरिकाका कम्पनी राष्ट्रपति ट्रम्पको कार्यकारी आदेश विरुध्द अदालत गएको यो पहिलो भने होइन । गत साता नै अमेजन र एक्स्पिडियाले कानुनी लडाई शुरु गरेका थिए । राष्ट्रपतिको कार्यकारी आदेशले आफ्ना कर्मचारी र व्यवसायमा व्यवधान आएको यी कम्पनीको दावी थियो ।
 
 उवरका प्रमुख कार्यकारीले पनि यात्रा वन्देश नीतिको विरोध जनाउँदै राष्ट्रपतिको सल्लाहकार समुहवाट आफुलाई अलग गरेका थिए । उवर र प्रतिद्धन्दी लिफ्ट यात्रा वन्देजको विरोधमा एकै ठाउंमा आएका छन् ।तस्बिर: सामाजिक संजाल 

 

Advertisement

शेयर गर्नुहोस:

0
Shares