मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

रोमाञ्चक सुपरवलमा न्यूइंग्लाण्डले इतिहास वनायो

रोमाञ्चक सुपरवलमा न्यूइंग्लाण्डले इतिहास वनायो


हिमालयखवर संवाददाता- 
ह्यूस्टन, टेक्सस(अमेरिक)-  अमेरिकाको सर्वाधिक लोकप्रिय सुपरवल फुटबलको आइतबार भएको फाइनलमा न्यूइंग्ल्याण्ड प्याट्रटेसले बाजि मारेको छ । निकै रोमाञ्चक खेलमा न्यूइंग्लाण्डले पांचौ पटक सुपरवल फाइनल जितेको इतिहास पनि बनाएको छ । 
 
अतिरिक्त समयमा पुगेको यस खेलमा ३४ का विरुद्ध २८ को नतिजा निकाल्दै न्युइंल्याण्डले एटलण्टा फालकन्सलाई पराजित गरेको हो । सुपरवल फाइनल खेल अतिरिक्त समयमा पुगेको यो पहिलो पटक थियो । 
 
सुरुमा एट्लाण्टाको पक्षमा गएको खेललाई न्यूइंल्याण्डले पुरा उल्टाएर खेललाई अतिरिक्त समयमा पुर्याई नतिजा आफ्नो पक्षमा पारेको हो । टेक्सस स्थित ह्यूस्टनको एनजीआर स्टेडियममा भएको उक्त खेलको तेस्रो क्वाटर सम्म एट्लण्टा र न्यूइंल्याण्डको २८ विरुद्ध ३ को नतिजा थियो । यो क्रममा न्यूइंल्याण्डका टम ब्राडीको भूमिका विशेष रह्यो ।
 
सुपरवल अमेरिकाकै सवैभन्द लोकप्रिय र प्रतिष्ठित खेल हो । फाइनलमा अमेरिकाका पूर्व राष्ट्रपति जर्ज एच डब्लु वुस, उपराष्ट्रपति लगायतको उपस्थिति थियो । ७० हजार भन्दा बढी दर्शकले प्रत्क्षय हेरेको फाइनल खेलको मध्यान्तरमा चर्चित गायिका लेडी गागाले प्रस्तुति दिएकी थिइन् ।
 
 यो सुपरवल फाइन खेल भईरंहदा आउने विज्ञापनको ३० सेकेण्डको शुल्क करिब ५० लाख अमेरिकी (करिब ५७ करोड नेपाली रुपैंया ) सम्म पुगेको थियो । करोडौ दर्शकले यो खेल टेलिभिजनमा हेरेका थिए । खेल भईंरहदा सडकमा ट्राफिक कम हुनुका साथै बजारमा किनमेल गर्नेहरुपनि घटेका थिए । अमेरिकामा बस्ने कयौँ नेपालीले पनि यो फाइनल खेलको रमाइलो लिएको समाजिक संजालहरुमा आएका थिए ।फोटो साभार: सामाजिक संजाल