मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

किन आउँदैछन् ओली अमेरिका ?

किन आउँदैछन् ओली अमेरिका ?


हिमालयखवर संवाददाता- 
ड्यालस (अमेरिका)– एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका आउने भएका छन् । प्रवासी नेपाली मञ्चको दोस्रो अधिवेशनका लागि प्रमुख अतिथीका रुपमा ओली अमेरिका आउन लागेका हुन् ।
 
आउँदो मार्च ३१ देखि अप्रिल २ सम्म मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरमा हुने मञ्चको अधिवेशनका लागि ओली आउन लागेका हुन् । ‘ओली अहिलेका समकालिन नेपाली नेताहरुमध्य सबैभन्दा हटकेक हुनुहुन्छ, उहाँका आवाज सुन्न हामी प्रवासी नेपालीहरु लालयीत छौँ,’ मञ्चका अध्यक्ष सञ्जय थापाले भन्नुभयो । 
 
दोस्रो अधिवेशनका बारेमा जानकारी दिन आइतबार ड्यालसमा आयोजित पत्रकार सम्मेलनमा थापाले पूर्बमन्त्री युवराज कार्की लगायतका नेताहरु नेपालबाट आउने तय भैसकेको उल्लेख गर्नुभयो । तीनदिनसम्म चल्ने अधिवेशनको पहिलो दिन उद्घाटन, दोस्रो दिन बन्दशत्र र तेस्रो दिन नेतृत्व चयनका कार्यक्रमहरु राखिएका छन् । 
 
प्रवासी नेपाली मञ्च नेपालको राजनीतिक दल नेकपा एमाले निकटहरुको संस्था हो । यो संस्थाका पदाधिकारीहरुले आफुहरुसँग कुनै राजनीतिक दलको ह्याङओभर नरहेको दावी अध्यक्ष थापाले गर्नुभयो । 
 
‘हामी कुनै दलको भातृसंस्था होइनौँ, तर नेपालमा रहँदा त्यसमा आस्था राख्नेहरुको संगठन भने हौँ,’ एमालेको नामै नलिई थापाले भन्नुभयो । पत्रकार सम्मेलनमा प्रवासी नेपाली मञ्च दोस्रो अधिवेशन तयारी समितिका प्रचार प्रसार संयोजक कमल ओझाले अमेरिकाका ५० राज्यहरुमध्य २२ राज्यहरुमा प्रवासी नेपाली मञ्चका सदस्यहरु रहेको उल्लेख गर्नुभयो । मञ्चका १५ राज्य समिति, चार क्षेत्रीय समिति रहेका छन् । अधिवेशन तयारीका लागि १३ वटा विभाग गठन गर्नुका साथै एकसय एक सदस्यीय तयारी उपसमिति गठन भएको छ । 
 
म दोहोर्याउँदिन: 
मञ्चको दोस्रो अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने भएको छ । मञ्च तीन वर्ष अघि स्थापना भएको हो । मञ्चको नेतृत्वको लागि अहिलेदेखिनै रस्साकस्सी सुरु भएको छ । ‘मैले आफुचाही नदोहो¥याउने निर्णय गरिसकेको छु,’ थापाले भन्नुभयो–‘साथीहरुलाई तयार रहन मैले भनिसकेको छु ।’
 
एनआरएनको आगामी अधिवेशनको बारेमा समेत मञ्चले धारणा सार्वजनिक गरेको छ । एनआरएनलाई राजनैतिक प्रभाव पार्ने संस्था भन्दा पनि सबै विचारधारा भएका नेपालीहरुको साझा संस्थाको रुपमा लैजानुपर्ने थापाले उल्लेख गर्नुभयो । ‘नेपालीको ठूलो संख्या अहिलेपनि एनआरएनबाट बाहिर छन्, सबैलाई समेट्न सक्नुपर्छ,’ थापाले भन्नुभयो ।
 
मञ्चले जथाभावी सदस्य बनाउने भन्दा पनि आफ्नो चाहना अनुसार १५ डलर तिरेर साधारण सदस्य वा एकसय ५० डलर तिरेर आजीवन सदस्य बन्न आफूसँग आवद्ध नेपालीहरुलाई अपिल गरेको छ । 
 
मञ्चले नेपालका भुकम्प पीडितलाई राहत वितरण, छात्रवृत्ति दिनेदेखि लिएर अमेरिका आएकाहरुलाई अपार्टमेन्ट, रोजगारी, बिमा लगायतका क्षेत्रमा सहयोग गर्दै आएको छ । 
 
पत्रकार सम्मेलनमा प्रवासी मञ्चका नेताहरु प्रितिसागर खत्री, टेकराज पौडेल, शंकर पन्त, टेक गुरुङ लगायतको उपस्थिती थियो । त्यस्तै गोपाल कँडेल, विजयराज भट्टराई, यमुना भट्टराई, देबी पाण्डे, भीम कार्की, गोकर्ण दाहाल, जनक राना, नन्द रेग्मी, कृष्ण भण्डारी, जीवन जोशी, नन्दीकेशर भट्टराई, जीवा बुढा, निरज तिम्मसिना  लगायतको पनि सहभागिता थियो । एनआरएन अमेरिकाका कोषाध्यक्ष बेदराज बस्नेत र नेपाली समाज टेक्ससका सचिव  सुमन कार्की पनि उपस्थित थिए  I