मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

अमेरिकाको टेक्ससमा भी–केयरको चौँथो क्लिनिक सुरु

अमेरिकाको टेक्ससमा भी–केयरको चौँथो क्लिनिक सुरु


ड्यालस (टेक्सस)। निम्न आय भएका वर्गलाई लक्षित गरेर सञ्चालित ‘भी–केयर’ले आफ्नो चौथो क्लिनिक टेक्ससको क्यारलटनमा सुरु गरेको छ।क्यारलटनको ‘बेलर हस्पिटल प्लाजा’ मा गत सातादेखि क्लिनिक सञ्चालनमाा आएको कार्यकारी अधिकृत द्रोण  गौतमले जानकारी दिनुभयो। यस अघिपनि भी केयरले क्यारलटनमा क्लिनिक सञ्चालन गरिसकेको थियो।
 
‘पहिलेको भन्दा केह टाढा नयाँ क्लिनिक सञ्चालनमा ल्याएका हौं,’ गौतमले भन्नुभयो। नयाँ क्लिनिकमा बच्चाहरुको विशेषज्ञ डाक्टरको सेवा उपलव्ध रहेको छ।
 
भी केयरले कम आय भएका व्यक्ति, स्वास्थ बीमा नभएका र लिन नसक्नेहरुका लागि निशुल्क तथा ज्यादै कम शुल्कमा स्वास्थसेवा उपलव्ध गराउँदै आएको छ। कम आय भएका महिलाहरुलाई निशुल्क सेवा उपलव्ध रहेको गौतमले जानकारी दिनुभयो।
 
गैर नाफामुलक संस्था भी केयरले चार वर्षदेखि टेक्ससको ह्युस्टन र ड्यालसमा स्वास्थ सेवा सञ्चालन गर्दै आएको हो। यसअघि ह्युस्टनमा दुईवटा क्लिनिक सञ्चालन गरिसकेको छ। अहिले सञ्चालनमा आएको क्लिनिक अस्पतालभित्र रहेको सामुदायिक क्लिनिक हो। 
 
संस्थाले निकट भविष्यमै दन्तसेवा समेत सञ्चालन गर्ने योजना बनाएको छ। संस्थाले ह्युस्टनका दुइस्थानमा पहिलेदेखिनै दन्तसेवा उपलव्ध गराइसकेको छ । त्यस्तै युलेसमा अर्को क्लिनिक सञ्चालन गर्ने, ४/५ महिनाभित्रै स्वास्थक्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्नेगरि तालिम इन्स्टिच्युट सञ्चालनमा ल्याउने योजना बनाएको छ। भी केयरमा मेडिकल, डेन्टल क्षेत्रका अनुभवीहरूले रोजगारी समेत पाउन सक्छन् । 
 
भी–केयर क्लिनिकमा दक्षिण एसियाली देशबाट आएका स्वास्थकर्मीहरु कार्यरत छन्। खानपिन, भाषा आंशीक समानता जस्ता कारणले गर्दा नेपालीका लागि समेत यो क्लिनिक उपयोगी बनेको छ। बीमा भएका र नभएका धेरै नेपालीहरुले यो क्लिनिकबाट सहज रुपमा सेवा लिइरहेका छन्।

शेयर गर्नुहोस:

54
Shares