मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

आप्रावासीलाई थप कडाई गर्न शुरु : ग्रिनकार्ड भएपनि अपराधमा संलग्न डिर्पोटेशन हुने

आप्रावासीलाई थप कडाई गर्न शुरु : ग्रिनकार्ड भएपनि अपराधमा संलग्न डिर्पोटेशन हुने


हिमालयखवर संवाददाता
टेक्सस (अमेरिक)-  राष्ट्रपति डोनाल्ड ट्रम्पले सङ्घीय अधिकारीलाई स्थानीय प्रहरीसंग मिलेर कानुनी रूपमा बसोबास गरिरहेका भएपनि अपराधमा संलग्न भएकालाई अमेरिकाबाट फिर्ता पठाउन निर्देशन दिएका छन् । यो निर्देशन कार्यान्वयनका लागि  टेक्सस ड्यालस  लगायत देश भर सङ्घीय अधिकारीहरुले काम शुरु गरेको टेक्सस स्थित स्थानीय टेलिभिजन च्यानल फक्स ४ न्यूजले जनाएको छ । 
 
यो निकै ठुलो समाचार हो, स्थानीय इमिग्रेशन एटोर्नीलाई उदृत गर्दै फक्स ४ न्युजले समाचारमा उल्लेख गरेको छ । यसबाट लाखौँ व्यक्ति प्रभावित हुने छन् इमिग्रेशन एटोर्नी फर्नाडो दुवभेले भने । 
 
इमिग्रेसन एण्ड कस्टम इन्फोर्समेन्ट (आईसीई) का अधिकारीले जर्ज डब्लु बुसको समयमा आएको कानुन अनुसार स्थायी बसोबास अधिकार भएपनि कुनै अपराधमा संलग्न  भएकालाई फिर्ता पठाउन बल प्रयोग गर्न सक्छन् ।  यस अघिका राष्ट्रपति बाराक ओबामाको समयमा यो कानुनलाई परिवर्तन गरिएको थियो । 
 
आईसीईले स्थायी बसोबासका लागि ग्रिनकार्ड भएपनि घरायसी हिंसा, गैरकानुनी रूपमा हतियार वोक्ने, पटक पटक चोरीमा पक्राउ भएकालाई डिर्पोटेशन प्रकृयामा लैजान सक्छ ।  
 
टेक्सस ठुलो संख्यामा नेपालीको बस्ती भएको स्थान हो । यहाँ काजगात विहिन नेपाली पनि छन् । विशेष गरी पढ्न नगएर आउट अफ स्ट्याटस  भएका नेपाली विद्यार्थीलाई यो नियमले समस्या पर्न सक्छ ।
 
कागज नभई गैरकानुनी रूपमा बसोबास गरेकालाई भने आईसीईका अधिकारीले समान्य ट्राफिक उल्लंघनमा पनि पक्राउ गर्न सक्ने सम्भावना बढेर गरएको छ । नेपाली कानुन व्यवसायीको सल्लाह छ अमेरिकाको नागरिकता लिएको छैन भने यो वेला सतर्क हुदां राम्रो हुन्छ । 
 
"एक बर्ष भन्दा वढी जेल सजांय हुने फेलोनी अपराध गर्नेसंग ग्रिनकार्ड भएपनि यो रद्द गरि डिर्पोटेशन गर्ने व्यवस्था पहिला पनि थियो" न्युयोर्कमा इमिग्रेशन सम्वन्धि हेर्ने कानुन व्यवसायी विनोद रोक्काले भने "यस अन्तर्गत पटक पटक चोरी, गैरकानुनी रुपमा हतियार लिएर हिड्ने, घरेलु हिंसा लगायतका अपराध पनि पर्छन ।"
 
"तर, कानुनी रुपमा अमेरिकामा वसोबास गर्ने कागजात छैन भने राष्ट्रपति ट्रम्पले दिएको आदेश पुर्ण पालना गर्ने राज्यमा वस्दा सधै सतर्क हुन पर्ने स्थिती वनेको छ" रोक्काले भने, "ट्राफिक नियम उलंधन गर्दा समेत आउट अफ स्ट्याटस हुने पनि पक्राउ पर्न सक्छन् र डिर्पोटेशन हुने अवस्था आउन सक्छ।"  "टेक्सस जस्ता राज्यमा कानुनी रुपमा वस्ने कागजात छैन भने विशेष सतर्क हुनु राम्रो हुन्छ"  उनले भने । 
 
राष्ट्रपति ट्रम्पले आईसीईको संख्या पनि वढाएका छन् । यसले धेरै व्यक्तिहरू पक्राउ पर्न सक्छन् । ग्रीनकार्ड भएपनि अपराधमा संलग्नलाई फिर्ता पठाउने प्रावधान पहिला पनि थियो । अहिले यसमा थप कडाई हुन लागेको हो । फोटो : सामाजिक संजाल 
 

शेयर गर्नुहोस:

0
Shares