मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

अमेरिकामा बेरोजगारी दर तल झर्यो

अमेरिकामा बेरोजगारी दर तल झर्यो


हिमालयखवर संवाददाता-
न्युयोर्क(अमेरिका)– अमेरिकामा जनवरी महिनामा जागिर पाउनेको सङ्ख्या बृद्धिसंगै वरोजगारी दर ५ प्रतिशत भन्दा तल झरेको छ । अमेरिकाको श्रम विभागले शुक्रवार सार्वजनिक गरेको तथ्याङ्क अनुसार जनवरीमा मात्र २ लाख २७ हजारले नयाँ रोजगारी पाएका छन् । यो तथ्याङ्क अनुसार अव बरोजगारी दर ४ दशमलव ८ प्रतिशतमा झरेको छ । 
 
यो नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्प आउनु भन्दा अघि जनवरी दोस्रो सातामा गरिएको सर्भेवाट प्राप्त नतिजा हो । गत डिसेम्बरमा १ लाख ५७ हजारले रोजगारी पाएका थिए । यो तथ्याङ्क सार्वजनिक भएलगत्तै अमेरिकाको सेयर बजारमा उछाल आएको छ । अर्थशास्त्रीहरुले यस तथ्याङ्कका आधारमा डोनाल्ड ट्रम्पले मबजुत अर्थतन्त्र प्राप्त गरेको टिप्पणी गरेका छन् । बेरोजगार दर पाँच प्रतिशत भन्दा तल हुनुलाई राम्रो मानिन्छ । 
 
तर, ट्रम्पले श्रम विभागले दिने गरेका तथ्याङ्कको सत्यता प्रति भने प्रश्न उठाउंदै आएका छन् । अव आउने दिनमा उनको प्रतिक्रिया के हुन्छ हेर्न बाँकी छ । 
 
रोजगार वढेपनि अझै ५८ लाख ले पार्ट टाइम काम गरिरहेको विभागले जनाएको छ । अहिले वृद्धि भएको रोजगारी पनि विशेष गरी अदक्ष कामदारको माग हुने र न्यून पारिश्रमिक दिइने रिटेल र रेष्टुरेण्ट क्षेत्रमा बढी छ । यस क्षेत्रमा ७६ हजार नयाँ रोजगारी थपिएको विभागले जनाएको छ । निमार्ण क्षेत्रमा ३६ हजार, वित्तीय सेवामा ३२ हजार, स्वास्थ्य क्षेत्रमा १८ हजार थप रोजगारका अवसर सृजना भएका छन् । 
 
उद्योग तथा कारखानाले भने नयाँ रोजगार सृजना गरेका छैनन् । राष्ट्रपति ट्रम्पले आफ्नो चुनावी अभियानमा उद्योग तथा कारखाना क्षेत्रमा रोजगार बढाउने विषयलाई मुख्य एजेण्डा बनाएका थिए । ट्रम्पको आउने  १० वर्षमा २ करोड ५० लाख नयाँ रोजगार सृजना गर्ने दाबी थियो । काम खोज्नेहरुले कम हुदां कतिपय रोजगारदातालाई उपयुक्त व्यक्ति पाउने कठिन हुने अर्थशास्त्रीहरु वताउंछन ।
 

शेयर गर्नुहोस:

0
Shares